१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण



अ+ अ-

काठमाडौं । त्रिशूली नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो प्रभावितका लागि ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायतका प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै राहत सामग्री वितरण गरेको हो।

स्थलगत निरीक्षणपछि संस्थापक अध्यक्ष महतोले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणभन्दा वास्तविक क्षति निकै भयावह रहेको बताउनुभयो। उहाँले तत्काल उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भएकाले संघले खाद्यान्न, लत्ताकपडा, औषधि तथा टेन्टलगायतका सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको जानकारी दिनुभयो।

महतोले पहिलो चरणमा ५ करोड रुपैयाँ बराबरको राहत वितरण गरिने बताउँदै त्यसपछि नेपाल सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरआवासीय नेपालीको भूमिकाबारे छलफल गरिने जानकारी दिनुभयो।

एनआरएनएकी केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईले विपद्को घडीमा विदेशमा रहेका नेपालीहरूको मन पनि पीडितसँगै रोएको बताउँदै प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार संघले आपत्कालीन बैठकमार्फत ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको हो। टोलीले संयुक्त राष्ट्रसंघीय मापदण्डअनुसारका पाल, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको उहाँले बताउनुभयो।

राईका अनुसार संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा स्थानीय तहसँग समन्वय गरेर राहत वितरणलाई प्रभावकारी बनाउनेछ। विगतमा भूकम्प तथा कोभिड–१९ महामारीका समयमा समेत संघले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले आगामी दिनमा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा पनि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकायले बेपत्ताको खोजी तथा घाइतेको उद्धार कार्य जारी राखेका छन्। एनआरएनएको टोलीले नुवाकोटपछि अन्य बाढीपहिरो प्रभावित जिल्लामा समेत पुगेर राहत वितरण गर्ने जनाएको छ।