१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आग्रह गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक विपद्का कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा आमनागरिकलाई आग्रह गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री तत्काल पु¥याउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सबैपक्ष एकजुट भएर मानवीय सेवामा जुट्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले विपद्मा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।