१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन



अ+ अ-

काठमाडाैँ । रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना सम्र्पकविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा रसुवा भन्सार कार्यालयमा कार्यरत मुसिकोट नगरपालिका–२ रातामाटाका हरिबहादुर खड्का, गोसाइकुण्ड गाउँपालिकामा कार्यरत आठबिसकोट नगरपालिका–७ का खम्बु बोहरा र उहाँकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेको भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो ।

त्यस्तै त्यहाँस्थित जलविद्युत् आयोजनामा कार्यरत आठबिसकोट नगरपालिका–५ का चित्रबहादुर घर्ती र चौरजहारी नगरपािलका–१३ का रामबहादुर बिष्ट पनि सम्पर्कविहीन हुनुहुन्छ ।

रसुवा भन्सार कार्यालयमा कार्यरत सानीभेरी–७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका–९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका–१० धाराखोलाकी तुलसा केसी, उहाँको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका–१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन रहेको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो ।

बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजजिक गरेको विवरणमा उल्लेख छ ।




भर्खरै