३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
अ+ अ-

काठमाडाैँ । रसुवामा बुधबार बिहान आएको भीषण बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २२ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी अस्पताल ल्याइएका ४४ जनामध्ये २२ जनाको उपचार जारी छ भने २१ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ।

उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको अस्पतालले जनाएको छ। बाढीमा परी गम्भीर घाइते भएका आठ जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले जानकारी दिनुभयो।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने काम पनि भइरहेको छ। आफन्तजन अस्पतालमा पुगेर उपचाररत परिवारका सदस्यको अवस्था बुझ्न थालेपछि टिचिङ अस्पतालमा भीड बढेको छ।

घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले अस्पताल परिसरमा **नागरिक सहायता कक्ष** स्थापना गरेको छ। सहायता कक्षमा घाइतेको अवस्था बुझ्न तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको संख्या बढिरहेको प्रहरीले जनाएको छ।

बाढीबाट उद्धार गरिएका घाइतेको हातखुट्टा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। केही घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

यसैबीच, रसुवासहित बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिको पहिचान तथा उनीहरूको अवस्थाबारे विवरण सङ्कलन भइरहेको छ। काठमाडौं ल्याइएका घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत आवश्यक जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ।

बाढीका कारण प्रभावित परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारी लिन अस्पताल तथा सहायता कक्षमा पुगिरहेका छन्। प्रहरीले विपद्को समयमा अपुष्ट सूचना र हल्लाको पछि नलाग्न तथा आधिकारिक निकायबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कामलाई निरन्तरता दिइएको छ भने घाइतेको उपचारका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय भइरहेको जनाइएको छ।