२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरू हुँदै (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजबाट सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले कार्यलय सचिब शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो । 

उद्घाटन सत्रपछिको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहको छ ।

महाधिवेशनको दोस्रो दिन  समूह छलफल गरी टोली नेताले समुहको दृष्टिकोण राख्नेछन् । तेस्रो दिन दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई एकिकृत गरिने छ ।

महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ। सनराईज सम्मेलन केन्द्रको मुख्य हलमा  ३ हजार प्रतिनिधि र अरु लाई अन्य स्थानमा राख्ने तयारी भएको पनि तमाङ्गले जानकारी दिनुभयो ।