२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ

‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ
अ अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिकाले ३१ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँहरु समाजका उदाहरणीय अङ्ग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछौँ ।” नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर प्रत्येक महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा आदिजस्ता स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख निर्मला थापाले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएकाले सम्हाल्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टसहित अन्य ३९ लाई सम्मान गरी सबैको स्वास्थ्य परीक्षणसहित औषधिसमेत वितरण गरिएको थियो ।

‘स्वच्छ, सफा, समृद्ध सुन्दर– महालक्ष्मी नगर’ भन्ने नाराका साथ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सो कामलाई छिट्टै अघि बढाउने प्रतिबद्धताअनुरुप थालनी गरेको हो । श्रेष्ठले नगरसभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवालाई निरन्तरता’, वडा नं ८ लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नतिका लागि व्यवस्था तथा वडा नं ९ लामाटारमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापनाका लागि पहल गर्नाका साथै वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक र हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने बताउनुभयो ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाने कूल दुई हजार २१० नागरिक रहनाका  साथै निवृत्तिभरणको सेवा तथा सुविधासमेत लिने गरी करिब तीन हजार ज्येष्ठ नागरिक रहँदा मात्र ७० वर्ष कटेकाले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने जानकारी गराइएको छ । उक्त कार्यक्रममा प्रमुख श्रेष्ठ अनि उपप्रमुख थापासहित प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल तथा केही वडाध्यक्ष र नगरपालिकाका स्वास्थ्यकर्मीसहित कर्मचारीको पनि उपस्थिति थियो ।