२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया



अ+ अ-

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् । 

केन्द्रले पहिलोपटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा परिवर्तन बरालले जानकारी दिनुभयो । डा बराल र एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको छ ।

दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरास्थित गण्डकी अस्पतालमा शल्यक्रियाका लागि कात्तिकमा समय लिएका उहाँले जिपीमा नै शल्यक्रिया गराउनुभएको हो । “हर्नियाको शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपथ्र्यो, अब सर्वसाधारणलाई सहज हुन्छ”, डा बरालले भन्नुभयो । 

सो अस्पतालले यसअघि भदौ पहिलो साता मलद्वार फाटेका बिरामीको सफल शल्यक्रिया गरेको थियो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले हर्निया र मलद्वार फाटेको शल्यक्रियालाई निरन्तरता दिइने जानकारी दिनुभयो । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमितरूपमा भइरहेको जनाइएको छ । 

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ ।