२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

पर्यटन प्रवद्धधनका लागि ११८ युवालाई होटल तालिम

पर्यटन प्रवद्धधनका लागि ११८ युवालाई होटल तालिम
अ अ+ अ-

काठमाडौँ । कोथिना मिठो छ होटल तालिम केन्द्रले मुलुकको पर्यटन प्रवद्र्धनका लागि ११८ युवालाई होटल तालिम प्रदान गरिएको छ । होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो । तालिम सम्पन्नसँगै उक्त विद्यार्थीलाई बिहीबार प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोभिड–१९ ले धरासयी बनेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाली खानालाई विश्वमाझ फैलाउन नेपाली सेफको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो । मन, वचन, कर्म र लगनशील भएर काम गरे देशको विकास हुने उहाँको भनाइ थियो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम०का प्रशिक्षक समिक शर्माले विद्यार्थीले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्ता तालिमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि हुने उहाँको भनाइ थियो । 

तालिमका प्रशिक्षक प्रकाश भण्डारीले नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको भन्दै यस क्षेत्रलाई अगाडि बढाउन यस्ता तालिमले उत्पादन गरेको जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । तालिम दुईदेखि छ महिना सञ्चालन भएको थियो । 

एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त केन्द्रले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले जानकारी दिनुभयो । तालिममा आर्थिक अवस्था कमजोर भएका ७५ विद्यार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको पोखरेलले बताउनुभयो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि सुरु भएको पहिलो र दोस्रो चरणको कारोना सङ्क्रमणको समयमा कोथिना मिठो छ संस्थाले राजधानी काठमाडौँ र राजधानी बाहिरका विभिन्न जिल्लामा निःशुल्क औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।