२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार



अ+ अ-

काठमाडौं । प्रोफेसनल गल्फर एसोसियन नेपालको आयोजनामा भोली मंगलबारबाट सूर्य नेपाल गल्फ टुर अन्र्तगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ ।

सोमबार आयोजक प्रोफेसनल गल्फर एसोसियन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिन सम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो । प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन । जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसियनका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा साविक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, राम थापा लगायतका खेलाडीले सहभागिता जनाउने छन् भने बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बु, भक्त शेरचन, देव राना, बिष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङले सहभागिता जनाउनेछन् ।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार रुपैयाँ पाउने छन । यस्तै तेस्रोले ४६ हजार प्राप्त गर्दा शीर्ष २१ मा रहने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले बताएको छ ।