२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ मा हुने



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ तेस्रो साता आयोजना हुने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताउनुभयो ।

यस अघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो । उक्त खेलकुद महोत्सवको समापन समारोहमा नवौ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निधो भएको थियो । हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै आयोजना हुनुपर्ने थियो । विश्वब्यापी बनेको कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेको थिएन । नयाँ सदस्य सविचको नियुक्ती भएसँगै मुख्य एजेन्डाको रुपमा अघि सारिएको प्रतियोगिताको मिति तय भए पनि अन्य प्रक्रियाका लागि समय अवधि छोटो रहेको छ । छोटो समयमा नै प्रतियोगिता गर्न सम्बन्ध सबै पक्षसँग सदस्य सचिवले आग्रह समेत गरेको छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको थिएन ।

यस्तै सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद गतिविधि सञ्चालन गर्नका आर्थिक कारण बाधक नहुने बताउनुभयो । अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर भए पनि ठूला प्रतियोगिता तोकिएकै समयमा हुने सदस्य सचिव घिसिङले प्रस्ट पार्नुभयो । राष्ट्रिय खेलकुद गतिविधि खेलकुद परिषद्को मात्र नभएर देशकै गतिविधि भएकोले हुदैन कि भनेर शंका नगर्न आग्रह गर्नुभयो ।

सदस्य सचिव घिसिङले चीनमा आयोजना हुने १९औं एसियन खेलको तयारी पनि छिट्टै थाल्ने बताए । त्यसका लागि संघहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।