• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ? ★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम ★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने ★   चितुवाको आक्रमणबाट एक जना घाइते ★   जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु



 

काठमाडौँ,  २७ मंसिर- 

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । हिमाल एसोसिएसनको आयोजनामा भएको उक्त महोत्सव ‘इन्द्रेणी खोज्दै जाँदा’ भन्ने चलचित्रको सुरुवातसँगै प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको हो । महोत्सवमा २० मुलुकका ४७ वटा फिल्म (डुकमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म) प्रदर्शनी गरिने जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा सहभागी चलचित्रबीच अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने र उत्कृष्ट हुने तीन चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पुरस्कारको व्यवस्था रहेका किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिनुभयो 

 प्रदर्शन गरिएको ‘इन्द्रनी खोज्दै जाँदा’ चलचित्रमा आफ्नो सपना पूरा गर्न काठमाडौँ आएका तीन दाजुबहिनीले झेलेका कष्ट र परीक्षालाई फिल्मले चित्रण गरेको छ । हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गर्दै आइरहेको र ती चलचित्रहरूमा साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैङ्गीकता र बसाइसराइजस्ता विषय समेट्ने गरेको महोत्सव समितिका निर्देशक रम्यता लिम्बूले जानकारी दिनुभयो ।  महोत्सवमा नेपाल पानोरामा सेक्सनमा उत्कृष्ट वृत्तचित्रलाई रु २५ हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि रु २५ हजार पुरस्कार दिइनेछ पनि व्यवस्था गरिएको छ. । महोत्सव यही मङ्सिर ३० गतेसम्म हुनेछ ।