४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो म आज एक्लै निडर भएकी छु :एलिना चौहान

कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो म आज एक्लै निडर भएकी छु :एलिना चौहान
अ+ अ-

सबैमा नमस्कार
आज हजुरहरुले मप्रति दर्शाउनुभएको माया देखेर न नतमस्तक भएकी छु । मैले दिएको पछिल्लो समयको एक अन्तर्वार्तालाई लिएर धेरैले मलाई सम्झाउन, सम्पर्क गर्न खोज्नुभएको छ ।

हुनत हजुरहरुबाट मैले यो आशा पनि गरेकी छु किनकि मैले चढिरहेको उचाइको मूल तत्व हजुर मेरो शुभ चिन्तक नै हुनुहुन्छ ।

अन्तर्वार्तामा मैले जीवनको धेरै कालखण्डको कुरा गरेँ जहाँ मेरो त्यो सुरुआती बेलाको मेहनतको तितो भोगाइ र अहिलेको उचाइको व्यवस्थापनसम्मको कुरा थियो । सफलता अधिकांश मान्छेलाई बिना परिश्रम आउने कुरा होइन । कतिले मैलेभन्दा अझै भढी परिश्रम पनि गरेका होलान् त केहीले थोरै । कमलो मनको मान्छे म कुराकानी गर्दै गर्दा मेरा आँखाबाट आँसु झरेछन्, म भावुक बन्न पुगेछु । हुन त मैले जे लगाउँछु, जे खान्छु, जे गर्छु र जे गर्नेछु ती सबै कसै न कसैका लागि प्रेरणा बनोस् भनेर सबैलाई देखाउने बानी छ । साधारण छ जीवन मेरो, ठूलो सपना नदेखी यो क्षेत्रमा छिरेँ र जति अगाडि बढ्दै गएँ त्यतिनै मुस्किल बन्दै गयो लक्ष्य भेट्न अनि त्यतिनै धेरै मेहनत गर्नुपर्यो ।

हुन त म कलाकार हुँ, सबैको मन बुझाउन सकेँ भने सबैले मन पराउनेछन् यहाँ तर मेरो पनि व्यक्तिगत जीवन छ । कुनै बेला त्यो मेरो व्यावसायिक जीवनमा नचाहँदा चाहँदै पनि व्यक्तिगत जीवनको असर पर्न जान्छ । जतिबेला म सानो सपना बोकेर देशको राजधानी छिरेँ त्यतिबेलाको मभित्रको मभन्दा कयौँ गुणा ममा आत्मविश्वास र हिम्मत पलाएको छ । मेरो सपनाको सहरमा पाइला टेक्दै गर्दा सबै बिरानो थिए तर आज यहाँ मैले सबैलाई नचिने पनि अधिकांशले मलाई चिन्नुहुन्छ । वर्तमान अवस्थाभन्दा त्यो समय मलाई धेरैनै कठिन थियो । आज म जहाँ छु, जुन अवस्थामा छु मलाई सहयोग गर्ने धेरै नै हुनुहुन्छ ।

म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरहरुको मायाले दिनेछैन । भोगेको दु:खले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच शैतानी मस्तिष्कमा भरिनु स्वाभाविक थियो तर मैले हार खाएकी छैन । मैले विगतका कुरा गर्दै गर्दा कमजोर भइछे नसम्झिनु होला । अझै धेरै कुरा गर्न ऊर्जा भरिएको छ हजुरहरुको साथ देखेर । आत्महत्याको कुरा गर्दै गर्दा ती मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नुभयो तर ती सबै मेरा अतित थिए । आज सुखै सुखमा छु त भन्न खोजेको त हैन तर धेरै दु:ख पनि छैन ।

कलाकारको जीवन सोचेझैँ वहाँ गर्ने गरिको हुन्न तर सबैले त्यस्तै देखाउँछन् मैले जे थियो यथार्थ त्यो देखाएकी हुँ । सबैभन्दा पहिला त म मानव हुँ र आँसु, रिस, खुसी, दु:ख, चिन्ता, सोच यी सबै मेरा मानवीय गुण हुन् यसलाई मैले बिर्सन सकिन । यसलाई लिएर कसैले पनि चित्त नदुखाउनु होला । मैले गरेका कुराहरु कसैलाई प्रहार गर्न होइन, कसैप्रति रिस राखेर पनि होइन, कसैसँग दुष्भाव रचेर होइन र कसैलाई नराम्रो देखाउन त झन हुँदै होइन । यो नितान्त मेरो भोगाइको पाटो थियो जसलाई सुनेर यस क्षेत्रमा आउने आगन्तुकहरुले पहिलेनै आफूभित्र यी कुराहरु विकास गरेर आउनु पर्नेछ । यसलाई लिएर कसैको चित्त दु:खाइ छ भने म अन्तरआत्माबाट माफी चाहन्छु । म आफैँ कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो तर त्यो अवस्थाले हार खाइसकेको छ । म आज एक्लै निडर भएकी छु ।

फेरि पनि मबाट केहि त्रुटि भएमा माफी चाहन्छु । सदैव सबैको साथको आवश्यकता रहनेछ मेरो जीवनमा ।

एलिना

गायिका एलिना चौहानको फेसबुकबाट