४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

वर्ष २०७९: चलचित्रको कमाइ रु पाँच सय २० मात्र

वर्ष २०७९: चलचित्रको कमाइ रु पाँच सय २० मात्र
फाईल फोटो
अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् ।

यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् । तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन । बोर्डको विवरणअनुसार ‘सिवानी’ चलचित्रको पाँच टिकट मात्र बिक्री भएको छ । सो वापत चलचित्रको कमाइ रु पाँच सय २० भएको छ । ‘रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा रु तीन हजार पाँच सय ९६ ग्रस कमाइ भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएवापत रु चार हजार आठ सय ३२, ‘चोर र पुलिस’ चलचित्रको एक सय चार टिकट बिक्रीबाट रु १८ हजार सात सय २५ कमाइ भएको छ ।

त्यसैगरी ‘सरी मम’ चलचित्रको एक सय १२ टिकट बिक्री हुँदा रु २३ हजार सात सय ५२, ‘आँधी तुफान’ चलचित्रको एक सय ४५ टिकट बिक्री भएवापत रु २८ हजार चार सय ३९, ‘स्वार्ड आर्ट अनलाइन’ चलचित्रको तीन सय छ टिकट बिक्री भएवापत रु एक लाख ३० हजार ३० को ग्रस कलेक्सन भएको छ ।

उल्लिखित चलचित्रमा नेपालीसँगै भोजपुरी र विदेशी चलचित्रसमेत छन् । यो वर्ष केही आश गरिएका चलचित्रले दर्शकसँगै बक्स अफिसमा निराश अङ्क ल्याएको छ । बेलायतमा तयार गरिएको चलचित्र ‘गोर्खा : बीनिथ द ब्रेभरी’ को तीन सय ९० टिकट मात्र बिक्री भएको छ । जसबाट चलचित्रले व्यापार रु एक लाख ४३ हजार तीन सय ७३ को कमाइ गरेको छ ।

चलचित्र ‘षट्कोण’ ले पनि राम्रो व्यापार गर्न सकेन । कार्म, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको पाँच सय ४८ टिकट मात्र बिक्री भयो । सो वापत चलचित्रको ग्रस कमाइ रु दुई लाख १७ हजार तीन सय २५ छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको र गत वैशाख २३ मा प्रदर्शन भएको चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गर्नुभएको छ ।

सुवर्ण थापाले निर्देशन गर्नुभएको चलचित्र ‘म’ ले निकै कमजोर व्यापार गर्‍यो । चलचित्रसम्बन्धी अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाइलीलगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको बोर्डले सार्वजनिक गरेको विवरणमा नौ सय ३७ टिकट बिक्री भएबापत रु दुई लाख ९० हजार आठ सय ४९ को ग्रस कमाइ छ ।

गत चैत १७ गते प्रदर्शन भएको चलचित्र ‘प्रेमा’ सार्वजनिक प्रचार सामग्रीको कारण चर्चामा थियो । गोविन्दसिंह भण्डारीले निर्देशन गर्नुभएको चलचित्रमा सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ, अरुण क्षेत्रीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यद्यपि चलचित्रको तीन सय ५१ टिकट मात्र बिक्री भयो । सो वापत चलचित्रको कमाइ रु एक लाख १० हजार सात सय ७३ छ ।

वर्ष २०७९ मा नेपाली चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ ले सर्वाधिक बढी कमाइ गर्ने रेकर्ड बनाएको छ । ‘कबड्डी’ कै शृङ्खलाको रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४ : द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएवापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार भएको छ । नेपाली चलचित्रमा यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने चलचित्र हो ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । रासस