• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

सुसाइड जस्तो संवेदनशील विषयलाई ग्लोरिफाई गर्नु उचित हुँदैन !



सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहिनी, नातेदार, इस्टमित्र, दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार धेरै समयपछि सामाजिक सञ्जालमार्फत केही वास्तविक सूचना हजुरहरूमाझ प्रवाह गर्न जाँदैछु ।

सन्दर्भ नेपाली चलचित्र ‘#माया’ छायाङ्कनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगत्लाई दुःखी तुल्याएको छ । सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । ऊनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए ।

यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु । यो घटना केही दिनपहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भएँ । सामान्य अवस्थामा पनि तेतिसारो मिडियामा आउने मान्छे होइन म तर हाल यो घटनापश्चात एकलौटीरुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो ।

मेरो परिवार र हाम्रो कानूनी टिमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौँ । एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो । ठीकै छ, मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु, म एक महिला मात्र नभएर कलाकार पनि हो अनि नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ, सायद यो देश मा कानून मरेको छैन ।

यो कानूनी राज्य हो, झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाई सत्यको बाटो हिँड्नका लागि आग्रह गर्दछु । थुप्रै मिडयाहरु बाट कल आएको थियो, मेरो फोन मेरो दादासँग हुन्थ्यो, अहिले पनि मेरो परिवारले नै ह्यान्डल गर्नुहुन्छ तर मिडयामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन । मैले विभिन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थेँ तर विगतमा मैले दिएको अन्तर्वार्ताहरुलाई विभिन्न कुरा जोडेर तोडमोड गरियो ट्रोल बनउने प्रयास भयो ।

त्यसकारण यसबखत टेलिभिजन अन्तर्वार्तामा आइन । आवश्यक पर्दा दिउँला, त्यसमा कुनै संकोच छैन । यो धटना सँग जोडिएका फेब्रिकेटेड समाचार र विभिन्न भिडियोहरू मेरो कानूनी टिमले हेर्नेनै छ । म यस चलचित्रको एक कलाकार पनि थिएँ, सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू वयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ ।

सुसाइड जस्तो संवेदनशील विषयलाई ग्लोरिफाई गर्नु उचित हुँदैन । पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधैँ सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकारको धर्म हो । तर केही पीत पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटनापछि भ्यूजका लागि जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचारप्रति म घोर भर्त्सना गर्दछु। यो किसिमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देशविदेशमा रहनुभएका मेरा आफन्तजन, प्यारा दर्शक र शुभचिन्तकहरूलाई सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु ।

म आफैँ पनि मेन्टल हेल्थको सर्भाइभर र एड्भोकेट समेत भएकोले मैले सोचेँ कसैको यस्तो संवेदनशील विषयलाई मिडियामा ल्याउन उचित ठानिनँ । म टोटल्ली घर अनि हस्पिटलतिर नै रहेँ, तर कपोकल्पित तवरले देशै छोडेर क्यानडातिर गएको जस्ता फण्डाहरु फिँजाइयो जबकी इण्डियाभन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहर ले भन्नु भयो।। तपाईं त विदेशतिर जानुभो भनेर हङ्गामा थियो त मिडियाहरु तिर । तर कतै भिजिट गरेको देखिन्नत भनेर सरप्राइज हुनुभयो ।

चलचित्र मेकिङ टिम र मृतकका परिवारसँग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन ।म आफू बिरामी नै थिएँ, परिवारकै रेखदेखमा रहेँ । जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भएँ । यो घटनासम्बन्धी डिटेल इन्क्वायरी भयो जे जे यथार्थ थियो र हो सबै बताएँ । सो चलचित्रको मेकिङ टिम, कलाकारहरु सबैजनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ । किनकी सो चलचित्रको कलाकार म मात्र थिइनँ। नेपाल प्रहरी विश्वकै टप फाइभ अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ ।

आशा छ यो घटनाको सत्यतथ्य पक्कै पनि दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौँ । ‘कोही अपराधी नउम्कयोस निर्दोष नफसोस’, भन्ने भनाइ हो, जहाँसम्म कालो बोका र बुटीको कुरालाई फण्डा बनाइएको थियो अहिलेको एक्काइसौँ शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्तिसंगत हुन्छ होला ? यो देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक हो । सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबैले मनन गरौँ, पूजा गर्ने गुरुको कुरा छ जुन चर्चाको नाम थियो उहाँलाई समेत प्रहरी प्रशासनले पहिले नै बयान लिइसकेको छ ।

अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौँ । ‘जस्टिस फर सारुक’ निष्पक्ष छानबिन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ । अन्तमा मृतकको सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस ।

चलचित्र मेकिङ टिम र मृतकको परिवारहरु प्रति मेरो भन्नु केही छैन । प्रशासनलाई सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौँ । धन्यवाद,!! श्री पशुपतिनाथले सबैको कल्याण गरुन्, सबै को जय होस् ।

नम्रता श्रेष्ठ काठमाडौं, नेपाल

मिति २०८०/५/११ गते सोमबार

नायिका- नम्रता श्रेष्ठको फेसबुकबाट