१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार

बेनी–बाबियाचौर सडक खुल्यो

बेनी–बाबियाचौर सडक खुल्यो
अ अ+ अ-
काठमाडाैँ । बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो ।
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन सहज भएको छ ।
पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र रहेको बाबियाचौर हँुदै पानाबगरसम्म १६ किलोमिटर सडक मर्मत गरेर मङ्गलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो ।
गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने २४ किलोमिटर दूरीको बेनी दरबाङतर्फबाट बाङ्गेपहिरोसम्म मर्मत भएको छ ।
उक्त सडक असोज १० गतेदेखि अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको थियो ।
पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर बेनीदेखि पानाबगर खण्डको सडक खुलाएको र आजदेखि पानाबगर–रणबाङ–दुखु–रातोढुङ्गा–तोलाबाङ–बाङ्गेपहिरो खण्डमा दुईतर्फबाट मर्मत कार्यलाई तीव्रता दिने म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिनुभयो ।
“पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जतिसक्दो चाँडो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ”, उहाँले भन्नुभयो, “तीन दिनमा बाबियाचौरसम्म सडक खुलाएका छौँ ।”
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा खण्डखण्डमा उपलब्ध भएका उपकरण परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफँै स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताउनुभयो ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्ना मातहत रहेका सडकलाई मर्मत गरेर जतिसक्दो चाँडो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको छ । क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन सङ्घीय सरकारले खटाएका प्राविधिक टोली मङ्गलबार म्याग्दी आएर सडकको निरक्षणमा जुटेका प्रजिअ गैरेले बताउनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क बिच्छेद भएको छ ।
कोरला नाकाबाट हुने आयातनिर्यात प्रभावित भएको छ । मुुस्ताङबाट स्याउ र च्याङ्ग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह्रश्राद्धमा कागबेनीमा हिन्दू धर्मावलम्बीले पितृ तर्पण दिने गर्छन् ।
शरदयाम पर्यटकको सिजन पनि हो ।