२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखाको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको तीन मिनेटको ट्रेलरमा फुटपाथ व्यापारीको कथा देख्न सकिन्छ । ट्रेलर डोजरले चियाघर भत्काएको दृश्यसँगै ट्रेलर सुरु हुन्छ । सडकमा व्यापार गरी गुजारा गर्दै आएका व्यापारीलाई महानगरले धपाएको र संरचना भत्काएको दृश्य ट्रेलरमा देखाईएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापासहित मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको अभिनय रहेको छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।