१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा



अ+ अ-

एजेन्सी । भारतको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधवार एक निजी बैंक, कोटक महिन्द्रा बैंकलाई पर्यवेक्षण कारबाहीको घोषणा गरेको छ ।

आफ्नो अनलाइन र मोबाइलमार्फत नयाँ ग्राहकहरू अनबोर्डिङ गर्न, बन्द गर्न निर्देशन दिएको हो । बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरू लगायत आफ्ना विद्यमान ग्राहकहरूलाई सेवाहरू प्रदान गर्न जारी राख्ने बताएको छ ।

कोटक महिन्द्रा बैंकको भारतभर १८ सय भन्दा बढी शाखाहरू छन् । जसको ग्राहक संख्या ४८ मिलियन भन्दा बढी छ । यसले २००३ मा आरबीआईबाट बैंकिङ इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले हाल वाणिज्य बैंकिङ, स्टक ब्रोकिङ र म्युचुअल फण्डदेखि बीमा तथा लगानी बैंकिङसम्मका सेवाहरू प्रदान गर्दै आएको छ ।

आरबीआईले निजी बैंकले २०२२ र २०२३ को लागि केन्द्रिय बैंकले जारी गरेको सुधारात्मक कार्य योजनाहरूको साथ उल्लेखनीय रूपमा गैर–अनुपालन भएको फेला बताएको छ ।