१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं: नायिका अधिकारी



अ+ अ-

काठमाडौँ । नायिका एवं चलचित्र तथा कार्यक्रम निर्मात्री केकी अधिकारीले चलचित्र निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि आवश्यक रहेको जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा नायिका अधिकारीले लेख्नुभएको छ, “सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔँ।”

उहाँले लेख्नुभएको छ-

‘हामीले चलचित्र निर्माताहरू र मिडिया उद्योगका प्रतिनिधिहरूको रूपमा, हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भैसकेको छ।

सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔँ।’

आज मात्र अभिनेता शारुक ताम्राकार घरमा कोही नभएको बेला झुण्डिएको अवस्थामा फेला परेका थिए । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका उनी अपराह्न सुटिङबाट घर फर्किएका थिए ।