६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं: नायिका अधिकारी



अ+ अ-

काठमाडौँ । नायिका एवं चलचित्र तथा कार्यक्रम निर्मात्री केकी अधिकारीले चलचित्र निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि आवश्यक रहेको जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा नायिका अधिकारीले लेख्नुभएको छ, “सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔँ।”

उहाँले लेख्नुभएको छ-

‘हामीले चलचित्र निर्माताहरू र मिडिया उद्योगका प्रतिनिधिहरूको रूपमा, हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भैसकेको छ।

सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔँ।’

आज मात्र अभिनेता शारुक ताम्राकार घरमा कोही नभएको बेला झुण्डिएको अवस्थामा फेला परेका थिए । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका उनी अपराह्न सुटिङबाट घर फर्किएका थिए ।