काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको नतिजा आज सार्वजनिक हुने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार भोटेकोसी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । स्थगित कार्यक्रम आज आन्तरिक राजस्व विभाग, लाजिम्पाटको सभाहलबाट आयोजना गरी भदौ महिनाका विजेता घोषणा गर्न लागिएको हो ।
विभागका अनुसार आज भदौ महिनाका ३३ जना विजेता घोषणा गरिनेछ । तीमध्ये ३१ जनाले जनही एक लाख रुपैयाँ र दुई जनाले बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थितिका लागि विभागले अनुरोध गरेको छ ।









