• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   उपनिर्वाचनको मौन अवधि आज रातिदेखि ★   बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य ★   रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न ★   कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछः मन्त्री बस्नेत ★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन् ★   बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान ★   सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी ★   कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ? ★   ०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु



 

काठमाडौँ,  २७ मंसिर- 

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । हिमाल एसोसिएसनको आयोजनामा भएको उक्त महोत्सव ‘इन्द्रेणी खोज्दै जाँदा’ भन्ने चलचित्रको सुरुवातसँगै प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको हो । महोत्सवमा २० मुलुकका ४७ वटा फिल्म (डुकमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म) प्रदर्शनी गरिने जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा सहभागी चलचित्रबीच अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने र उत्कृष्ट हुने तीन चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पुरस्कारको व्यवस्था रहेका किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिनुभयो 

 प्रदर्शन गरिएको ‘इन्द्रनी खोज्दै जाँदा’ चलचित्रमा आफ्नो सपना पूरा गर्न काठमाडौँ आएका तीन दाजुबहिनीले झेलेका कष्ट र परीक्षालाई फिल्मले चित्रण गरेको छ । हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गर्दै आइरहेको र ती चलचित्रहरूमा साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैङ्गीकता र बसाइसराइजस्ता विषय समेट्ने गरेको महोत्सव समितिका निर्देशक रम्यता लिम्बूले जानकारी दिनुभयो ।  महोत्सवमा नेपाल पानोरामा सेक्सनमा उत्कृष्ट वृत्तचित्रलाई रु २५ हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि रु २५ हजार पुरस्कार दिइनेछ पनि व्यवस्था गरिएको छ. । महोत्सव यही मङ्सिर ३० गतेसम्म हुनेछ ।