१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा

संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनमा भएका व्यवस्थाहरुको बारेमा आम जनतालाई बुझाउन नसक्दा संविधान र कानून कार्यान्वयनमा समस्या आएको बताउनुभएको छ ।

शुक्रवार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १४ औँ अधिवेशन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान र कानूनमा भएका व्यवस्थाका बारेमा जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या आएको बताउनुभएको हो ।

उहाँले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संविधानमा लेखिसकेपछि पनि कार्यान्वयन हुन नसकेका बताउनु भयो । उहाँले जातिय छुवाछुत, सम्पतीमा छोराछोरीको बराबरी हक तथा आमाको नामबाट नागरिकता दिने विषयमा संविधान र कानुनमा स्पष्ट भएपनि कार्यान्वयनमा कठिनाइ भएको बताउनु भयो । उहाँले कानुनमा उल्लेख गरेपनि मानिसहरुको दिल, दिमागमा पुर्‍याउन नसकिएको भन्दै त्यसमा कमजोरी भएको बताउनु भयो । उहाँले संविधानमा भएको कुराहरु जनतालाई बुझाउन अभियान चाल्नुपर्ने भएपनि त्यस्तो गर्न नसकिएकोले समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले आगामी दिनमा संविधान र कानुनमा भएको व्यवस्था जनतालाई जानकारी गराउनका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो–‘संविधानमा, कानुनमा हामीले भनेका कुराहरुलाई स्थापित गरिसकेपछाडी त्यो कुरा किन कार्यान्वयन हुन सकिरहेको छैन ? कतिपय कुरा हामीले मौलिक हकका विषयहरु कानूनमा अझै व्यवस्था गर्न बाँकी छ । कतिपय कानूनमा व्यवस्था भइराखेका कुराहरु पनि किन लागू हुन्नन् भन्ने विषयमा पनि एउटा व्यापक अभियान जरुरी छ भन्ने मलाई लाग्छ । सामान्य उदाहरण हेर्ने हो भने जातिय छुवाछुतको कुरा, हामीले संविधानमा दृढतापूर्वक लेख्यौँ । कानून पनि बनायौँ । तर आजका दिनमा पनि समाजबाट समुल रुपमा अन्त्य हुन सकिराखेको छैन । हाम्रो दिल, दिमागबाट परिवर्तन गर्न सकिराखेका छैनौँ । छोरा, छोरीलाई सम्पत्ति माथिको समान अधिकारको कुरा गर्‍यौँ । संविधान, कानूनमा लेख्यौँ तर आजका दिनमा पनि कति बुबाआमाले आफ्नो छोरीहरुलाई सम्पतिमा अधिकार दिएका छन् भन्नेकुरा गन्नुपर्ने स्थिति बनेको छ । आम रुपमा लागू भएको छैन ।

त्यसैगरी आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्‍यौँ । संविधान, कानूनमा लेख्यौँ । तर व्यवहारमा आजपनि जिल्ला प्रशासन कार्यालयबाट सहज रुपमा आमाको नामबाट नागरिकता पाउने वातावरण बनिराखेको छैन । यसबाट के देखिन्छ भने हामीले राजनीतिक परिवर्तनको आन्दोलनमा जुन ढंगले अभियान चलायौँ, त्यसैगरी व्यवस्था परिवर्तन भइसकेपछाडी, संविधान र कानून बनाइसके पछाडी त्यो ढंगले व्यवस्थित अभियान चलाउन सकेनौँ । त्यहाँनिर राजनीतिक दलका, नेतृत्वका सीमा, कमीकमजोरी भए । मिडिया लगायत अरु सेक्टरबाट पनि सचेततापूर्वक अभियान, मिशन चलाउनुपथ्र्यो त्यसमा कहीँ न कहीँ कमी भयो, समस्या भयो भन्ने मलाई लाग्दछ । त्यसकारण म यसका निम्ति, संविधानका कुरा, कानूनका कुरा, व्यवस्थाका कुरा जे जति छन् ति कुराहरुलाई हामीले आम रुपमा जनतामा लैजान नसक्नुका कारणले पनि कार्यान्वयनमा केही समस्या भएका हुन् भन्ने लाग्छ । हामीले आम रुपमा जनताकहाँ लगिसके पछाडी, मान्छेको दिल, दिमाग परिवर्तन गर्नको निम्ति एउटा अभियान जरुरी छ ।’

उहाँले ठूलो पदमा बसेका व्यक्तिहरुले गरेको गल्ती कमजोरीलाई व्यवस्थासँग जोडेर दुषित मनशायका साथ दोष दिने गरिएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले व्यक्तिले गरेको गल्तीमा व्यवस्थाले दोष पाउनु नहुने बताउनु भयो । गल्ती गर्नेहरु जति नै ठूलो पदमा बसेपनि कानुनी दायरामा आउने उहाँको भनाई छ ।