५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने

सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत विराटनगर किङ्सले पहिलो क्वालिफायर खेल्ने भएको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै विराटनगरले राम्रो रनरेटको आधारमा पहिलो क्वालिफायरमा स्थान पक्का गरेको हो । टोलिले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै प्रतिस्पर्धा गर्नेछ ।

१४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

उसका लागि फाफ डु प्लेसिस र साम हिजलेटले अर्धशतक बनाए । प्लेसिसले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन जोडे भने हिजलेटले २७ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५१ रन बनाए ।

यस्तै मार्टिन गप्टिलले २२ रन बनाए । प्रतिश जिसीले लगातार दुई छक्का प्रहार गर्दै विराटनगरलाई सानदार जित दिलाए । उनी ३ बलमा १३ रनमा अविजित रहे ।

वलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हरमित सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो ।

उसका लागि इशान पाण्डेले ३८, आरिफ शेखले अविजित ४५, जोश ब्राउनले २४, विनोद भण्डारीले १५, दिपेन्द्र सिंह ऐरी १९ रन जोडे ।

वलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तिन तथा बसिर अहमद र प्रतिश जिसीले एक एक विकेट लिए ।