४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक

नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
अ+ अ-

काठमाडौँ ।  चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँस्थित साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीसँगको सहकार्य र व्यापार प्रवर्द्धनका लागि चासो देखाएका छन् ।

नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधि सहितको टोलीले संघीय सरकार, प्रदेश सरकारका मन्त्री तथा सचिवसंग भेट गरी साना तथा मझौला व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको बताएको हो ।

चिनियाँ टोलीले  नेपाली व्यवसायीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रियकरण गरी बजार प्रवर्द्धनका लागि उपयुक्त अवसर प्रदान गर्न आफूहरु तयार रहेको बताएको छ ।  चीनको ग्वाङदोङ प्रान्तका उद्योग, सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक वान सुपिङ्ग नेतृत्वको टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालको समन्वयमा वागमती प्रदेशका उद्योग मन्त्री विन्दु श्रेष्ठसँग भेट गरी व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न प्रश्ताव गरेको छ । उपमहानिर्देशक वान सुपिङ्गले साना तथा मझौला व्यवसायीको विकास तथा विस्तारमा आफूहरु सधै सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

टोलीले वागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र  संघीय सरकारको उद्योग मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेको छ । टोलीमा ग्वाङदोङ प्रान्तका उद्योग सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक फान गुवालियाङ्ग ,चीनको अन्तर्राष्ट्रिय एसएमई मेलाका उपनिर्देशक हुआङ्ग जिआनजुन, व्युरोका सहायक अनुसन्धानकर्ता सु जिआन र सदस्य पिटर चेन सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी चिनियाँ व्यवसायी टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालका पदाधिकारी लगायत व्यवसायीसँग छलफल गरेको थियो । सो अवसरमा ग्वाङदोङ प्रान्तका उद्योग सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक वान सुपिङ्गले नेपाली व्यवसायीले उत्पादन गर्ने सामानहरुको माग चीनमा अत्याधिक रहेको भन्दै बजार विस्तारका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले दुई देशबीचको व्यवसाय प्रवद्र्धनको साथै शीप तथा प्रविधि आदान प्रदानमा पनि चासो राख्नुभयो । नेपाली व्यवसायीसँग उत्पादिन सामानको बजार विस्तारसँगै प्रविधि तथा सीप मेलामा सहभागी हुन सबै नेपाली व्यवसायीलाई आव्हान समेत गर्नुभयो । कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष इनु पौडेलले नेपाली व्यवसायीलाई चीनका औद्योगिक मेलामा विशेष प्राथमिकता दिएर सहभागीताको लागि सहजिकरण गर्न आग्रह गर्नुभयो । सो क्रममा टोलीले नेपाली व्यवसायीका उत्पादन सामग्रीको पनि अवलोकन गरेको थियो । व्यवसायीले ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रको पनि अवलोकन भ्रमण गरेको थियो ।