९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो

जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो
अ अ+ अ-

एजेन्सी । रजत पाटिदार आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दैछन् । पाटिदार चोटका कारण गत सिजन अर्थात २०२३ को आईपीएलबाट बाहिरिएका थिए ।

पाटिदारले चालू सिजनका सुरुका केही खेलमा ब्याटिङ गरेनन् । तर बिस्तारै उनी फर्ममा आए र अहिलेसम्म उनले आफ्नो ब्याटबाट ३ अर्धशतक बनाएका छन् ।

हैदरावादविरुद्धको पछिल्लो खेलमा उनले १९ बलमा उत्कृष्ट अर्धशतक बनाएका थिए । यसैबीच यहाँ पाटिदारको एउटा रोचक किस्साबारे चर्चा गरौं कि कसरी आईपीएलले उनको विवाह रोक्यो ।

आईपीएल २०२२ को लागि आयोजित मेगा लिलामीमा पाटिदारले कुनै खरिदकर्ता फेला पारेनन् । आईपीएलमा बिक्री नभएपछि पाटिदारको मन दुख्यो, त्यसपछि उनले बिहे गर्ने निर्णय गरे ।

मिडिया रिपोर्टमा भनिएको छ कि रजतका बुबा मनोहर पाटिदारले मे २०२२ मा उनको विवाह तय गरेका थिए । उनको मे ९ मा रतलामकी युवतीसँग बिहे हुने भएको थियो । विवाहका लागि होटल पनि बुक गरिएको थियो ।

तर आईपीएल अघि नै उनीहरुको विवाह रोकिएको थियो । रजतको विवाह अघि, बैंगलोरका खेलाडी लवनीत सिसोदिया २०२२ सिजनमा घाइते भए, जसको स्थानमा पाटिदारलाई बोलाइएको थियो ।

बैंगलोरबाट फोन आएपछि पाटिदार खुसी भएका थिए र त्यसपछि उनले आफ्नो विवाह स्थगित गरेका थिए । यसरी आईपीएलले रजतको विवाह रोकेको थियो ।

आईपीएलपछि, उनले मध्य प्रदेशबाट रणजी ट्रफी नकआउट खेल खेल्नुपरेको थियो । रजत पाटिदारले फाइनलमा शतक प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाए । यसपछि उनीहरुले जुलाईमा विवाह गरेका थिए ।