९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो

शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया
अ अ+ अ-
काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा व्यक्त गर्नुभएको धारणा सकारात्मक रहेको बताउनुभएको छ ।

भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको सम्बोधनमा युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको बिक्री तथा व्यापारिक होडबाजीका कारण साना र कमजोर मुलुक तथा नागरिकमाथि परिरहेको नकारात्मक दबाबको विषय उठाइएको उल्लेख गर्नुभएको हो ।

त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या र आगामी दिनमा देखिन सक्ने विश्वव्यापी संकटबारे पनि सम्बोधनमा चर्चा गरिएको उहाँले बताउनुभएको छ । प्रधानमन्त्री शाहले जलवायु न्याय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको विषयसमेत उठाउनुभएको भट्टराईको भनाइ छ ।

भट्टराईले यी विषय नेपालले विगतदेखि नै निरन्तर उठाउँदै आएको र वर्तमान समयमा पनि नेपालले यिनै विषयमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शाहलाई धन्यवादसमेत दिनुभएको छ ।