१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम

पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम
फाईल फोटो
अ अ+ अ-

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ ।

दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको चिनियाँ ठेकेदार कम्पनी ‘एनहुई केयुनन हाइवे एण्ड ब्रिज’ का इञ्जिनीयर अनुप श्रेष्ठले  जानकारी दिनुभयो । दिनरात र बिदाको समयमा पनि आफूहरु खटिएकोले हाल २३ प्रतिशतभन्दा धेरै प्रगति हासिल गरेको उहाँले बताउनुभयो । पश्चिम खण्डमा नौ दशमलव दुई किलोमिटर सडक पक्की निर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

ठेकेदार कम्पनीले पनि उक्त आयोजनालाई प्रतिष्ठाको विषय बनाएकोले करिब एक सय जना चिनियाँ प्राविधिकसहित सडक विस्तार तीव्र पारिएको चिनियाँ कम्पनीका साईड इञ्जिनीयर छन्ज लोनले जानकारी दिनुभयो ।

‘‘सडक विस्तारलाई तीव्र पार्न एक सय जना त चिनियाँ प्राविधिक नै खटिएका छन्’’, इञ्जिनीयर छन्ज लोनले भन्नुभयो, ‘‘यो सडक विस्तारलाई प्रभावकारी तवरले कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा हामी जुटिरहेका छौँ ।’’ आफूहरुले दिनरात गरी सडक विस्तारलाई अघि बढाएकाले २३ प्रतिशतले प्रगति भएको आयोजनाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडक स्तरोन्नतिमा सबैको चासो रहँदै आए पनि लक्ष्यअनुरुप काम हुन नसक्दा आलोजना भएको थियो ।

जामुनेदेखि पोखरासम्म ३८ दशमलव ८८ किलोमिटर दूरीको यस खण्डमा चार वटा ठूलो र आठ वटा सानो गरी १२ वटा पुलसमेत धमाधम निर्माण भइरहेको आयोजना पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब बीस किलोमिटर खण्डमा छ लेन रहने गरी ४६ मिटर फराकिलो र जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक खण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।

रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा २०७८ जेठ ३ गते ठेक्का सम्झौता भएको हो । जामुनेदेखि आँबुखैरेनीसम्मको ४२ किलोमिटर सडक खण्डको प्रगति भने ५६ प्रतिशत भन्दा धेरै रहेको पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । यस खण्डको २०७८ वैशाख २ गते सम्झौता भई २०८१ वैशाख २ गते म्याद सकिए पनि ठेकेदार कम्पनीले कामलाई तीव्र पारेको यादवले बताउनुभयो ।

यस खण्डको म्याद सकिए पनि दिन र रातको समयमा पनि काम गरी सडक विस्तार तीव्र पारिएको यादवले बताउनुभयो । यस खण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले रु ६ अर्ब २१ करोडमा पाएको हो । एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो । रासस