१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिले लिङ्ग फेरेर बिहे, अहिले चाहियो डिभोर्स



अ+ अ-

लिङ्ग परिवर्तन गरेर एकापसमा बिहे गरेका दुई युवती डिभोर्स माग्दै अदालत पुगेका छन् । लिङ्ग फेरेर बिहे गरेका दुई युवतीले कुनै पनि हालतमा आफूहरुलाई डिभोर्स चाहिएको भन्दै अदालतको ढोका ढक्ढक्याएका हुन् ।

यो घटना भारतको हरियाणा राज्यको हो । बिहीबार दुवै युवती जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगे । समाचार अनुसार पाँच वर्षअघि लिङ्ग परिवर्तन गरेर एक युवती परुष बनेकी थिइन् । पुरुष बनेकी उनले आफ्नै साथीसँग बिहे पनि गरिन् ।

बिहेपछि उनीहरुले अढाई सालको एक बालकलाई छोराका रुपमा अपनाए पनि । दुवै युवतीले निवेदन दिएपछि जिल्ला महिला एवम् बाल संरक्षक अधिकारीको टिमले दुवैलाई सुनुवाइका लागि बोलाएको छ ।

सोनीपत निवासी महिलाले जिल्ला महिला संरक्षण अधिकारी कार्यालयमा दिएको उजुरीमा पटियाला चौक क्षेत्र निवासी युवतीसँग आफ्नो बिहे भएको खुलाएकी छन् ।

पाँच वर्ष पहिले उनकी साथीले लिङ्ग परिवर्तन गराएपछि दुवैले बिहे पनि गरे । त्यसपछि दुवै पति-पत्नी बनेर बस्न थाले । तर महिलाबाट पुरुष बनेकी उनकी साथी कुनै काम गर्दिन थिइन् । आर्थिक अवस्था कम्जोर भएपछि घर चलउन संकट पर्‍यो । त्यहीकारण उनीहरुबीच झगडा पनि हुन थाल्यो । अहिले आएर दुवैजना एकअर्कासँग बस्न नसक्ने भन्दै डिभोर्सक लागि अधिकारीकहाँ पुगेका हुन् ।

५ वर्षअघि लिङ्ग परिवर्तन गराएर दुवै बिहे गरेका थिए । अहिले आएर युवतीले यो बिहेबाट अलग हुन डिभोर्सको माग गरेकी हुन् । निवेदन परेपछि दुवै पक्षलाई कार्यालयमा बोलाइएको छ। जहाँ अब दुवै पक्षबीच छलफल हुनेछ ।