१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न

बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न
अ अ+ अ-

काठमाडौं । तीन दिनको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान रद्द गरे ।तर, चीनको ग्वाङ्झौबाट काठमाडौंमा नियमित उडान गर्दै आइरहेको चाइना साउदर्नले भने उडान सुचारु नै गर्‍यो । जसका कारण यात्रुलाई सहज भएको चाइना साउदर्नले जनाएको छ ।

कम्पनीले एक बिज्ञप्ति जारी गर्दे जस्तोसुकै अवस्थामा पनि यात्रुको सुरक्षा र यात्रालाई पहिलो महत्व दिएको जनाएको छ। बिज्ञप्तिमा भनिएको छ ‘शुक्रबार राति नियमित उडानको क्रममा विमान खराब मौसमका कारण काठमाडौंमा तोकिएको समयमा अवतरण गर्न सकेन । अधिकांश विमान कम्पनीले उडान रद्ध गर्ने निर्णय गरेको अवस्थामा हामीले भने उडान भरेका थियौं’, कम्पनी भन्छ, ‘हाम्रो विमानलाई काठमाडौं नजिकैको आकाशबाट ढाका डाइभर्ट गर्ने निर्णय गरियो । तर मौसममा सुधार भएसङ्गै राति दुई घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण भयो । नेपालका यात्रुलाई दुई घण्टा ढिलो भए पनि उडान भरेर गन्तव्यमा ल्यायौँ।’

कम्पनीले शनिबारको उडानमा ३० जना यात्रु ग्वाङ्झौ हुँदै अष्ट्रेलियाको सिड्नी जाँदै थिए । यताबाट भएको ढिलो उडानका कारण उनीहरूको सिड्नी उडान छुट्ने सम्भावना थियो । तर, विमान कम्पनी, चालक दलका सदस्य र कर्मचारीको समन्वयमा ढिलो उडानमा पनि ती यात्रुले सिड्नी कनेक्टिङमा समस्या झेल्न नपरेको जनाएको छ ।

‘चिनियाँ राष्ट्रिय दिवस,सार्वजनिक बिदालगायत कारण ग्वाङ्झौबाट सिड्नीका लागि अन्य उडानका कुनै सिट खाली थिएन । त्यसैले काठमाडौं वा ग्वाङ्झौमा अलपत्र नपार्ने उद्देश्यले तत्काल समस्या समाधानको उपाय निकालियो। उहाँहरू तोकिएको उडानमा सिड्नी प्रस्थान गर्न सफल हुनुभयो’, कम्पनीले भनेको छ ।

काठमाडौंमा गएराति पनि चाइना साउदर्नको अवतरण र उडान भयो । कम्पनीले ३० जना नेपाली यात्रुले दुई घण्टा ढिलो उडान हुँदा पनि समस्या महसुस गर्न नपरेको जनाएको छ ।

चाइना साउदर्न चीनको सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । यसले वार्षिक १४ करोडभन्दा बढी यात्रु ओसार्दै आएको छ । पछिल्लो समय ग्वाङझौ–काठमाडौं दैनिक दुई उडान भइरहेको छ ।