२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

भगवान शिवको रहस्यमय मन्दिर, जहाँ ढुङ्गामा हात राख्दा डमरु बजेको आवाज आउँछ

भगवान शिवको रहस्यमय मन्दिर, जहाँ ढुङ्गामा हात राख्दा डमरु बजेको आवाज आउँछ
अ अ+ अ-

एजेन्सी । भारतमा धेरै रहस्यमय र प्राचीन मन्दिरहरू छन् । यहाँका धेरै मन्दिरहरू धेरै रहस्यमय र चमत्कारी मानिन्छन् । यहाँ यस्तो मन्दिरको बारेमा चर्चा गरिँदैछ जुन मन्दिरमा ढुङ्गामा थपथपाउँदा डमरुको जस्तो आवाज निस्कन्छ । वास्तवमा यो भगवान शिवको मन्दिर हो । यो मन्दिर एसियाकै अग्लो शिव मन्दिर भएको दाबी गरिएको छ ।

भगवान शिवको यो मन्दिर देवभूमि हिमाचल प्रदेशको सोलनमा अवस्थित छ । यो मन्दिरलाई जटोली शिव मन्दिर भनेर चिनिन्छ । दक्षिण–द्रविड शैलीमा बनेको यस मन्दिरको उचाइ करिब १११ फिट छ । मन्दिर भवन निर्माण कलाको अनुपम उदाहरण हो, जुन हेर्न लायक छ । भगवान शिव पौराणिक कालमा यहाँ आएर केही समय बसेको जनविश्वास छ ।

यसपछि १९५० को दशकमा स्वामी कृष्णानन्द परमहंस नामका बाबा यहाँ आएका थिए, जसको निर्देशनमा जटोली शिव मन्दिर बनेको थियो । उनले नै सन् १९७४ मा यस मन्दिरको शिलान्यास गरेका थिए ।

तर, सन् १९८३ मा समाधि उनले लिए । तर, मन्दिर निर्माणको काम रोकिएन, बरु मन्दिर व्यवस्थापन समितिले काम गर्न थाल्यो ।

जटोली शिव मन्दिर पूर्णरुपमा निर्माण हुन करिब ३९ वर्ष लागेको थियो । यस मन्दिरको विशेष कुरा के हो भने यो मन्दिर भारत तथा विदेशका भक्तजनहरुको चन्दामा निर्माण गरिएको हो । जसका कारण निर्माण गर्न तीन दशकभन्दा बढी समय लाग्यो ।

यस मन्दिरमा जताततै विभिन्न देवी–देवताका मूर्तिहरू स्थापना गरिएको छ भने मन्दिरभित्र क्रिस्टल रत्न शिवलिंग स्थापना गरिएको छ । यससँगै यहाँ भगवान शिव र माता पार्वतीको मूर्ति पनि स्थापना गरिएको छ । यस मन्दिरको माथिल्लो छेउमा ११ फिट अग्लो सुनको कलश पनि जडान गरिएको छ, जसले यसलाई विशेष बनाउँछ ।