३ आश्विन २०८१, बिहीबार
,
Latest
दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ सुनको मूल्य तोलामा आठ सयले घट्यो अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारको भरमा दश प्रदेशको संरचना बनाउनुपर्छः डा. बाबुराम भट्टराई टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर) काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान शिवको रहस्यमय मन्दिर, जहाँ ढुङ्गामा हात राख्दा डमरु बजेको आवाज आउँछ



अ+ अ-

एजेन्सी । भारतमा धेरै रहस्यमय र प्राचीन मन्दिरहरू छन् । यहाँका धेरै मन्दिरहरू धेरै रहस्यमय र चमत्कारी मानिन्छन् । यहाँ यस्तो मन्दिरको बारेमा चर्चा गरिँदैछ जुन मन्दिरमा ढुङ्गामा थपथपाउँदा डमरुको जस्तो आवाज निस्कन्छ । वास्तवमा यो भगवान शिवको मन्दिर हो । यो मन्दिर एसियाकै अग्लो शिव मन्दिर भएको दाबी गरिएको छ ।

भगवान शिवको यो मन्दिर देवभूमि हिमाचल प्रदेशको सोलनमा अवस्थित छ । यो मन्दिरलाई जटोली शिव मन्दिर भनेर चिनिन्छ । दक्षिण–द्रविड शैलीमा बनेको यस मन्दिरको उचाइ करिब १११ फिट छ । मन्दिर भवन निर्माण कलाको अनुपम उदाहरण हो, जुन हेर्न लायक छ । भगवान शिव पौराणिक कालमा यहाँ आएर केही समय बसेको जनविश्वास छ ।

यसपछि १९५० को दशकमा स्वामी कृष्णानन्द परमहंस नामका बाबा यहाँ आएका थिए, जसको निर्देशनमा जटोली शिव मन्दिर बनेको थियो । उनले नै सन् १९७४ मा यस मन्दिरको शिलान्यास गरेका थिए ।

तर, सन् १९८३ मा समाधि उनले लिए । तर, मन्दिर निर्माणको काम रोकिएन, बरु मन्दिर व्यवस्थापन समितिले काम गर्न थाल्यो ।

जटोली शिव मन्दिर पूर्णरुपमा निर्माण हुन करिब ३९ वर्ष लागेको थियो । यस मन्दिरको विशेष कुरा के हो भने यो मन्दिर भारत तथा विदेशका भक्तजनहरुको चन्दामा निर्माण गरिएको हो । जसका कारण निर्माण गर्न तीन दशकभन्दा बढी समय लाग्यो ।

यस मन्दिरमा जताततै विभिन्न देवी–देवताका मूर्तिहरू स्थापना गरिएको छ भने मन्दिरभित्र क्रिस्टल रत्न शिवलिंग स्थापना गरिएको छ । यससँगै यहाँ भगवान शिव र माता पार्वतीको मूर्ति पनि स्थापना गरिएको छ । यस मन्दिरको माथिल्लो छेउमा ११ फिट अग्लो सुनको कलश पनि जडान गरिएको छ, जसले यसलाई विशेष बनाउँछ ।