१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।

उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र संघ महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न चरणमा वार्ता र भेटघाट गरेका थिए । उनले साइडलाइन वार्तासमेत गरेका थिए ।