३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने

सिधा कुरा प्रकरण : कता बहकियो आदेश ?

सिधा कुरा प्रकरण : कता बहकियो आदेश ?
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ ले प्रसारण गरेको ‘डार्क फाइल’ सम्बन्धी अडियो सामग्री ‘फेक’ भएको ठहर गरेको छ । सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना भएको भन्दै उत्पादक तथा प्रसारकहरूलाई आइतबार कैद सजाय सुनाएको हो ।

सिधाकुराले ‘स्टिङ अपरेसन’ भन्दै तयार गरेको नक्कली अडियोमा न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरिएको थियो । अदालतले यो अडियो फेक भएको ठहर गरेको छ । अदालतले आफ्नो आदेशमा प्रयोगशाला परीक्षणमा समेत फेक प्रमाणित भएको दाबी गरेको छ । फेक अडियो बनाउने राजकुमार तिमिल्सिनालाई ६ महिना कैद र त्यो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय सुनाएको हो । त्यस्तै, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार जरिवाना हुने पनि फैसलामा उल्लेख छ ।

अदालतले आफूसमेत जोडिएको प्रकरणलाई फेक घोषणा गरेपछि यसले आमसञ्चारमाध्यमका अधिकारमा भने कटौती गरेको छ । अदालतको फैसला कार्यान्वयन गरेर स्वीकार गर्नुपर्छ तर विमतीसहितका टिप्पणी भने गर्न पाइन्छ । अहिले यो फैसलालाई लिएर धेरै खालका टिप्पणीहरु भइरहेका छन् ।

कानुन कार्यान्वयन गर्नुभन्दा पहिले जुनसुकै विषयमा पनि उठेका सवालमा प्रमाण पेश गर्नको लागि पक्ष र विपक्ष दुवैलाई दिनुपर्ने समय दिने मात्र होइन, आवश्यक सहयोग पनि गर्नुपर्छ । यति गम्भीर विषयमा प्रश्न उठेपछि पक्ष विपक्षीको मोबाइलको कल डिटेल हेर्नुपर्ने थियो । तर त्यो नहरी अदालतले प्रहरीको प्रतिवेदनलाई आधार मानेर मात्र फैसला गरेको छ ।

अडियो रिपोर्टको टेक्निकल एनालाइसिस गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएको थियो । तर सीआईबीले टेक्निकल जाँच नै नगरी विपक्षीहरुलाई बोलाएर केरकार गर्दै प्रतिवेदन बुझाएको थियो । आरोप लागेका व्यक्तिहरुको पोलिग्राम टेस्टसमेत गरिएको छैन । जबकी यसबारे अदालतमा पटकपटक माग भएको थियो ।

अहिलेको एक्काइसौँ शताब्दीमा हरेक चिज पत्ता लगाउन विज्ञान प्रविधिले मेसिनहरूको आविष्कार गरेको छ । यस सवालमा पनि पोलिग्राफ टेस्ट तथा अडियोको इन्टरनेसनल ल्याब टेस्ट गरी अनुसन्धान गर्न माग गर्दा समेत बेवास्ता भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहितको बृहत् पूर्ण इजलासले गरेको फैसलाअनुसार तीन जना व्यक्ति जेल चलान भइसकेका छन् ।

काल्पनिक सामग्री उत्पादन गरी प्रसारण गर्न दिएको कसुरमा तिमिल्सिनालाई ‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिना कैद सजाय हुने’ बृहत् पूर्ण इजलासको फैसला छ । मुद्दाको कारबाहीको प्रक्रियामा ‘निजमा कुनै पश्चातापबोध र क्षमायाचनाको भावसमेत नदेखिएको हुँदा ठहरेको कैदको सजाय थुनामा नै राखी कार्यान्वयन गर्नू’ भनी सर्वोच्चले तिमिल्सिनालाई कैद माफी नहुने निर्णयसमेत सुनाएको छ ।

कँडेल र ढुंगानाका हकमा भने ‘नि:सर्त क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोर्‍याउने लिखित प्रतिबद्धता व्यक्त गरेमा’ उनीहरूलाई ७ दिन थुनामा राखी बाँकी कैद मिनाहा गर्नू भनी सर्वोच्चले आदेश गरेको छ । यसरी अदालतले आमसञ्चारमाध्यमलाई अघोषित रुपमा बाँध्ने काम गरेको छ ।

त्यति मात्र नभएर आमसञ्चारमाध्यमलाई आफ्नो स्रोत खुलाउन बाध्य बनाउन पाइँदैन । तर अदालतले डार्क फाइलको स्रोतसमेत खोल्न बाध्य बनाएको थियो । यसले सञ्चारमाध्यममाथि अंकुश लगाएको छ ।

‘फेक अडियो’ लाई ढुंगाना र कँडेलले ‘सत्यापन परीक्षण गर्नुपर्ने आमसञ्चारमा संलग्न जोसुकै व्यक्तिले अनिवार्य रूपमा गर्नुपर्ने न्यूनतम प्रक्रियासमेत पूरा नगरी आफ्नो सञ्चारमाध्यममा पटकपटक उक्त सामग्री प्रकाशन गरी अदालतप्रति भ्रम फैलाउने र अनास्था पैदा गर्ने कार्य गरेको,’ सर्वोच्चको ठहर छ । यस्तो कामलाई ‘केबल लापरबाही वा हेलचेक््रयाइँ मात्र मान्न सकिने स्थिति’ नभएको र प्रसारित सामग्रीले न्यायाधीश र अदालतका बारेमा अफवाह फैलाएको फैसलामा उल्लेख छ ।

अदालतले अवहेलना सम्बन्धमा नयाँ सिद्धान्त पनि प्रतिपादन गरेको छ– ‘अदालतको मुद्दामा मनसाय महत्वपूर्ण हुँदैन र मनसाय नभएको जिकिरले अवहेलनाजन्य कार्यको दायित्वबाट उन्मुक्ति पाउने अवस्था हुँदैन ।’ त्यस्तै, सत्यतथ्य सामग्रीको प्रसारण र प्रकाशन गरेसम्म प्रेस स्वतन्त्रता र अदालतको अवहेलनाबीचको सीमा कायम रहने पनि फैसलामा उल्लेख छ ।

‘सिधाकुरा’ मा प्रसारित सामग्री ‘पूर्णत: काल्पनिक’ र ‘झूटा’ भएकाले अवहेलनाजन्य रहेको अदालतको ठहर छ । अदालतको अवहेलनाको कार्यविधि अदालत आफैंले तोक्दै आएको छ । यो मुद्दामा पनि त्यसै गरिएको र यसबाट स्वच्छ सुनुवाइको सिद्धान्तलाई ननाघिएको अदालतले भनेको छ । तल्लो अदालतमा प्रतिवादीहरूविरुद्ध चलेको फौजदारी मुद्दा अलग प्रकृतिको भएकाले दोहोरो खतराको सिद्धान्त आकर्षित नहुने भन्दै उनीहरूलाई अवहेलनाको मुद्दामा दोषी ठहर गरी सजाय गरिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

अदालतले अहिले गरेको यो फैसलाको दीर्घकालीन असर पर्ने छ । स्वतन्त्र प्रेसलाई संविधानले स्वीकार गरेको छ । तर अदालतलको यो फैसलापछि प्रेसमाथि अंकुश लागेको छ ।