१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति कपको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने



अ+ अ-

काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् ।

निर्देशन समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् । ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो ३ बजे हुने छ । हरेक दिन एक एक खेल हुने पत्रकार सम्मेलनमा जनकारी गराइयो ।

प्रतियोगितामा आयोजकको टिम पनि रहेको छ । आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) ले खेल्ने छ । त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

खेल नकआउट हुने छ भने १४ र १५ गते सेमिफाइनलका खेल हुने छन् । १६ गत एक दिन विश्राम राखिएको र त्यसै दिन उपाधि विजेताले पाउने ट्रफी सार्वजनिक गरिने छ । फाइनल खेल १७ गते हुने छ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ । पत्रकार सम्मेलनमा काँग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

पछिल्लो समय नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै यतातर्फ ध्यान दिन सबैलाई आग्रह गरे । प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाउँमा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने प्रस्ट पारे । सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी दिइयो ।

बिहीबार हुने प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने छन् । विल र सविन सम्मानित नेपाल कुङफु संघले विलबहादुर देउला र सविन श्रेष्ठलाई आइतबार नगदसहित सम्मान गरेको छ । स्थापनाकालदेखि संघलाई सहयोग गर्दै आएका प्रशिक्षकद्वय देउला र सविनलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो ।

राष्ट्रिय कुङफु डिप्लोमा सेमिनार तथा ब्याल्कवेल्ट परीक्षाको समापनका अवसरमा दुवैलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, कुङफु संघका अध्यक्ष सिताराम हुमागाईंलगायतले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । पुस २९ देखि माघ ६ गतेसम्म भएको परीक्षाको ब्ल्याकवेल्टतर्फ ३५ तथा डिप्लोमामा २० जना सहभागी थिए । सहभागी मध्ये याङ्की गुरुङ उत्कृष्ट घोषित भइन् ।