११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा ‘देवी प्रतिभा’को नौका बिहारको आनन्द (फोटो फिचर)



अ+ अ-

काठमाडौं । चर्चित भागवत बाचक देवी प्रतिभाले नेपालको देवघाटमा नौका बिहार गरेकी छन् । नेपाल आएका बेला उनी देवघाटमा पुगेर नौका बिहार गरेकी हुन् ।

‘देवी प्रतिभा’ अर्थात् प्रतिभा पराजुली, कम उमेरमै आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहेकी काभ्रेली चेली हुन् । छिमकी राष्ट्र भारतको आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा चिनिएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डन–देउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिएकी हुन् । विशेषगरी नेपालमा कथावाचन तथा प्रवचनमा प्रसस्त पुरुषहरु भइरहँदा कम उमेरमै प्रतिभाले आफ्नो प्रभाव जमाउँदै गरेकी छन् ।

भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा केही समय अघि पशुपति क्षेत्रमा सञ्चालन भएको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सामेल हुँदा नेपालीजनमा उनको प्रवचन र प्रचारप्रसार चुलिएको थियो ।

नौका बिहारका क्रममा खिचिएका केही तस्बिर देवी प्रतिभाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् ।