१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी



अ+ अ-

काठमाडौं। भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । केरला औषधि नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधि ऐन आकर्षिक गर्दै पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केरला औषधि नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधि र जादूमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ। यो ऐनले औषधिको चामत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबी प्रतिबन्ध आकर्षित गर्छ ।

अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो । अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको देखिन्छ।

विशेषगरी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित ठूला संस्थाहरूका क्रियाकलापप्रति यो मुद्दा आकर्षित हुने दाबी गरिएको छ। पतञ्जली आयुर्वेदका मुख्य अनुहारका रूपमा बाबा रामदेव र बालकृष्णको उत्पादन प्रचारमा जिम्मेवारीको विषयलाई यो मुद्दाले थप गम्भीर बनाएको छ।

यस कानुनी प्रक्रिया र मुद्दाको परिणामले स्वास्थ्य सम्बन्धी उत्पादनहरूको प्रचारमा निगरानी र कार्यान्वयनलाई कडा बनाउने सम्भावना छ।