१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन
अ अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ४५ दिने विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्दै राजधानीको सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्यले असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि योजना लागू गरिएको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापा र प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले विगतका चाडपर्वमा भएका आपराधिक घटनाको विश्लेषण तथा सुरक्षा जोखिमको अध्ययन गरी यस वर्षको सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो ।

योजनाअन्तर्गत काठमाडौंका मुख्य बजार, बसपार्क तथा संवेदनशील क्षेत्रमा ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गरिनेछ । चाडपर्वका समयमा घर तथा व्यापारिक प्रतिष्ठान खाली हुने, बजारमा भीडभाड बढ्ने र मानिसको आवतजावत बढ्ने भएकाले चोरी, लुटपाट, ठगी, जुवातास, गुण्डागर्दी तथा सवारी दुर्घटना नियन्त्रणमा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रुको सहजताका लागि हेल्प डेस्क तथा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । त्यस्तै, सीसीटीभीमार्फत निरन्तर निगरानी गर्ने, टिकट काउन्टरमा हुने ठगी नियन्त्रण गर्ने तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि निगरानी बढाउने रणनीति बनाइएको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार योजनाको मुख्य उद्देश्य चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना रोकथाम र नियन्त्रण गर्नु, घटना भए तत्काल उद्धार तथा प्रतिकार्य गर्नु, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउनु र काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको आवागमन सुरक्षित तथा सहज बनाउनु हो ।

प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले ‘दसैँ कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । उहाँले चाडपर्वका समयमा आपराधिक समूह सक्रिय हुनसक्ने भएकाले नागरिकलाई समेत सतर्क रहन आग्रह गर्नुभयो ।

प्रहरीले विगतका घटनाको ‘क्राइम प्याटर्न’ विश्लेषण गरी प्रविधिमैत्री सुरक्षा रणनीति अपनाएको जनाएको छ । भीडभाड हुने स्थानमा प्रहरीको उपस्थिति बढाउनुका साथै सामाजिक सञ्जाल र समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक सूचना प्रवाह गरिनेछ ।

चाडपर्वका क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउने तथा आकस्मिक घटनामा द्रुत प्रतिकार्यका लागि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।