७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

खो–खो विश्वकप : नेपाली महिला र पुरुष दुवै टिमले आज उपाधिका लागि खेल्ने

खो–खो विश्वकप : नेपाली महिला र पुरुष दुवै टिमले आज उपाधिका लागि खेल्ने
अ+ अ-

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टिमले आज खोखो विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । भारतको नयाँदिल्लीमा भइरहेको पहिलो खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका हुन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दुवै टिमले उपाधिका लागि आज भारतसँग प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतिस्पर्धामा नेपालका दुवै टिम फाइनलमा पुगेका हुन् । महिलातर्फको सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम ८९–१८ स्कोरमा विजयी भएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सेमिफाइनलमा नेपालकी पूजा ओड बेस्ट प्लेयर भइन् भने बेस्ट डिफेन्डर दीपा विक चुनिइन् । युगान्डाकी नागवा डोरोथी बेस्ट एट्याकर भइन् ।

त्यसैगरी नेपाली पुरुष टोलीले पनि सेमिफाइनलमा इरानलाई ७२–२० स्कोरमा पराजित गर्दै फाइनल पुगेको हो । हेमराज पनेरुको कप्तानीमा उत्रेको नेपाललाई उपाधिसामु पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका जनक चन्द बेस्ट प्लेयर घोषित भए भने सुरज पुजाराले बेस्ट एट्याकरको ट्रफी पाए । इरानका मेहरब बेस्ट डिफेन्डर भए ।

नेपालले खो–खो खेलमा १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितिसकेको छ ।

घरेलु भूमिमा सन् २०१९ मा भएको १३ औं सागमा नेपाली महिला टिमले खो–खोमा रजत जितेको थियो । त्यतिबेला भारतसँग १७–५ स्कोरले पराजित भएर नेपालले स्वर्ण गुमाएको थियो ।

नेपाललाई भारतसँग सागको बदला विश्वकपमा उसकै भूमिमा लिने अवसर छ । पुरुषतर्फ नेपाली टोली १३ औं सागमा बंगलादेशसँग २४–२३ ले पराजित भएर फाइनल पुग्नबाट वञ्चित भएको थियो । नेपालले विश्वकपमा बंगलादेशलाई क्वाटरफाइनलमै रोकेर बदला लिइसकेको छ ।

नेपालले सागमा श्रीलंकालाई १७–७ ले हराएर कांस्यमा चित्त बुझाएको थियो । स्वर्ण भने भारतले नै जितेको थियो । सन् २०१६ मा गुवाहाटीमा सम्पन्न १२ औं सागमा नेपालका महिला र पुरुष दुवै टिमले कांस्य जितेका थिए । त्यतिबेला पनि दुवै स्वर्ण भारतले जितेको थियो भने बंगलादेश रजतमा सीमित भएको थियो ।

खो–खो २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको खेल संघ हो । कीर्तिपुरस्थित कभर्डहलमा एक महिना बन्द प्रशिक्षणमारहेर नेपाली टोली विश्वकप खेल्न गएको हो ।