७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस

जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस
अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको मूल्य कमजोर तथा विकासशील देशहरूले तिर्नु परिरहेको बताउनुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई मंगलबार बिहान सम्बोधन गर्दै उहाँले प्रदूषकहरूले त्यसको मूल्य चुकाउनुपर्ने र विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग तीन गुणा बढाउनुपर्ने बताउनुभयो।

महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमालमा भइरहेको तीव्र हिमपग्लाइ र जलवायु परिवर्तनको जोखिमबारे आफूले दिएको चेतावनी स्मरण गर्दै नेपालमा हालै भएका घटनाले त्यसको वास्तविक रूप देखाएको बताउनुभयो।

उहाँले भन्नुभयो, “तीन वर्षअघि नेपालका हिमालहरूबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ। अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ। कतिपयले यसलाई खतराहरूबारे बढाइचढाइ गरिएको भन्दै खारेज गरे। तर अहिलेका दुःखद घटनाहरूले के देखाएका छन् भने धेरैले सोचेभन्दा चाँडै यसका कडा प्रहारहरू देखिइरहेका छन्। ती अझ व्यापक रूपमा फैलिरहेका छन्।”

विश्वमा अभूतपूर्व रूपमा बढिरहेको सम्पत्तिका बाबजुद अर्बौँ मानिस अझै खाद्यान्न, स्वच्छ पानी, शिक्षा र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले असमानता केवल आर्थिक मुद्दा नभई अवसर, स्रोतसाधन र आत्मनिर्णयमाथिको शक्तिसँग जोडिएको विषय भएको बताउनुभयो।

उहाँले लामो समयदेखि राख्दै आएको आफ्नो धारणा दोहोर्‍याउँदै अन्तर्राष्ट्रिय वित्तीय प्रणालीका कारण विकासशील राष्ट्रहरू ऋणको बोझले थिचिएको र आफूहरूले नगरेका कामका कारण उत्पन्न जलवायु विपद्को सामना गर्नुपरेको बताउनुभयो।

जलवायु परिवर्तनलाई उहाँले “पुस्तान्तर शक्ति असन्तुलनको सबैभन्दा गम्भीर रूप”को संज्ञा दिँदै विश्वले १.५ डिग्री सेल्सियसको तापक्रम सीमा पार गर्ने सम्भावना लगभग निश्चित रहेको चेतावनी दिनुभयो।

रुसले युक्रेनमाथि आक्रमण गरेयता ठूला तेल कम्पनीहरूले ठूलो नाफा कमाइरहेको उल्लेख गर्दै उहाँले विकासशील देशहरूको जलवायु अनुकूलनका लागि उपलब्ध वित्तीय सहयोग त्यसको तुलनामा निकै न्यून रहेको बताउनुभयो।

गुटेरेसले ऋण राहतलाई तीव्रता दिन, बहुपक्षीय विकास बैंकहरूलाई थप सशक्त बनाउन तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सिर्जना गरेको विशेष आहरण अधिकार (एसडीआर) मा न्यायोचित पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभयो।

लैङ्गिक असमानतामा विशेष जोड दिँदै उहाँले संयुक्त राष्ट्रसङ्घले आफ्नो इतिहासमै पहिलोपटक वरिष्ठ नेतृत्व, मुख्यालयका कर्मचारी तथा व्यावसायिक पदहरूमा पूर्ण लैङ्गिक समानता हासिल गरेको घोषणा गर्नुभयो।

“समानता सपना होइन, यो एउटा निर्णय हो,” उहाँले भन्नुभयो। संयुक्त राष्ट्रसङ्घभित्र भएको प्रगतिले लामो समयदेखि जरा गाडेका शक्ति संरचनाहरू परिवर्तन गर्न सकिने प्रमाणित गरेको उहाँको भनाइ थियो।

एआईमा बढ्दो शक्ति केन्द्रितप्रति चिन्ता

एआईतर्फ संकेत गर्दै महासचिव गुटेरेसले डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदममा शक्ति क्रमशः केन्द्रित हुँदै गएको तथा यसको विकास मानव समाजले नियमन गर्न सक्ने क्षमताभन्दा तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो।

एआईका लागि सुरक्षा मापदण्ड र नियामक व्यवस्था निर्माण गर्नुपर्ने बताउँदै उहाँले बालबालिकालाई कहिल्यै पनि अनियन्त्रित प्रणालीको परीक्षणको विषय बनाउन नहुनेमा जोड दिनुभयो।

“जीवन र मृत्युको निर्णय कहिल्यै पनि मेसिनलाई सुम्पिनु हुँदैन।” उहाँले चेतावनी दिँदै भन्नुभयो, “हत्यारा रोबोटको हाम्रो भविष्यमा कुनै स्थान हुनु हुँदैन।”

यसका लागि उहाँले स्वतन्त्र निगरानीसहितको बहुपक्षीय एआई जोखिम व्यवस्थापन संरचना निर्माण गर्न आह्वान गर्नुभयो। अनियन्त्रित एआई प्रणालीको परीक्षणमा बालबालिकालाई प्रयोग गर्न नहुने तथा जीवन–मरणका निर्णय मेसिनलाई सुम्पन नहुनेमा उहाँले स्पष्ट जोड दिनुभयो।

कमजोर होइन, अझ बलियो संयुक्त राष्ट्रसङ्घ

गुटेरेसले शान्ति, विकास र मानव अधिकार संयुक्त राष्ट्रसङ्घको बडापत्रका एकअर्कासँग अभिन्न रूपमा जोडिएका आधारस्तम्भ भएको दोहोर्‍याउनुभयो। सुरक्षा र अवसरबाट मानव मर्यादा तथा अधिकारलाई अलग गर्न सकिने कुनै पनि धारणालाई उहाँले अस्वीकार गर्नुभयो।

दोस्रो विश्वयुद्धका रणभूमिमा ८० वर्षभन्दा अघि विश्वले भोगेको ठूलो विपद्का बीच संयुक्त राष्ट्रसङ्घको स्थापना भएको स्मरण गर्दै उहाँले यो संस्था भयका सामु भविष्य समर्पण गर्न अस्वीकार गर्ने मानिसहरू र आफ्नो भविष्य एकअर्कासँग जोडिएको बुझेका राष्ट्रहरूको आशावादी प्रतिरोधको परिणाम भएको बताउनुभयो।

आफ्नो बाँकी कार्यकालमा पनि “दृढ संकल्पको भावना”लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पदबाट बाहिरिएपछि पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रका मूल्यमान्यताको पक्षमा आवाज उठाइरहने बताउनुभयो।

उहाँले भन्नुभयो, “विश्वलाई कमजोर संयुक्त राष्ट्रसङ्घ होइन, आफूअगाडि रहेको विश्वको सामना गर्न पर्याप्त बलियो र निर्माण गर्नुपर्ने विश्व निर्माण गर्न पर्याप्त दृढ संयुक्त राष्ट्रसङ्घ आवश्यक छ।”