२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ



अ+ अ-

स्याङ्जा। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रस्ट पारेका छन् ।

नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको संविधान संशोधन सहितको सातबुदे सहमति साना दलाललाई समाप्त पार्न नभई देशको आर्थिक उन्नतिको लागि भएको बताए ।

अहिलेको सत्ता गठबन्धन संविधान संशोधन लागि हो । कुनै दलाललाई पाखा लगाउन होइन । २०८४ साल भित्र संविधान संशोधन हुने बताउदै उहाँले कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै संविधान संशोधन अति आवश्यक रहेको बताएका थिए । काङ्ग्रेस र एमालेले लिएको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमाले बाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्ने तर्फ संकेत गर्दै पुर्व मन्त्री गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताए ।

पुर्व कानुन मन्त्री समेत रहनु भएका गुरुङले कानुनको अभावमा देश पछी परेको भन्दै अब सबै मिलेर आर्थिक अभियानमा जुट्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । नेपालीको भाग्य समेत कानुनले खोसेको दाबी गर्दै जडिबुटी,घरेलुु मदिरा र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको सपना पुरा हुनेमा उनको जोड दिए ।

सभालाई सम्बोधन गर्दै उहाँले २०८४ मा चुनावी गठबन्धन नहुने समेत पारेका छन् । आम कार्यकर्ताहरु बाट गठबन्धन गर्न नहुने सुझाव आएको छ ढुक्क हुनुहोस् २०८४ को निर्वाचनमा कुनै पाटीसंग गठबन्धन हुँदैन । हारेपनी रुख चिन्ह मै भोट हालेर हार स्वीकार गर्न तयार रहेको बताउदै उहाँले ढुक्क भएर संगठन निर्माणमा लाग्न आम कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।