१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ



अ+ अ-

स्याङ्जा। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रस्ट पारेका छन् ।

नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको संविधान संशोधन सहितको सातबुदे सहमति साना दलाललाई समाप्त पार्न नभई देशको आर्थिक उन्नतिको लागि भएको बताए ।

अहिलेको सत्ता गठबन्धन संविधान संशोधन लागि हो । कुनै दलाललाई पाखा लगाउन होइन । २०८४ साल भित्र संविधान संशोधन हुने बताउदै उहाँले कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै संविधान संशोधन अति आवश्यक रहेको बताएका थिए । काङ्ग्रेस र एमालेले लिएको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमाले बाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्ने तर्फ संकेत गर्दै पुर्व मन्त्री गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताए ।

पुर्व कानुन मन्त्री समेत रहनु भएका गुरुङले कानुनको अभावमा देश पछी परेको भन्दै अब सबै मिलेर आर्थिक अभियानमा जुट्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । नेपालीको भाग्य समेत कानुनले खोसेको दाबी गर्दै जडिबुटी,घरेलुु मदिरा र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको सपना पुरा हुनेमा उनको जोड दिए ।

सभालाई सम्बोधन गर्दै उहाँले २०८४ मा चुनावी गठबन्धन नहुने समेत पारेका छन् । आम कार्यकर्ताहरु बाट गठबन्धन गर्न नहुने सुझाव आएको छ ढुक्क हुनुहोस् २०८४ को निर्वाचनमा कुनै पाटीसंग गठबन्धन हुँदैन । हारेपनी रुख चिन्ह मै भोट हालेर हार स्वीकार गर्न तयार रहेको बताउदै उहाँले ढुक्क भएर संगठन निर्माणमा लाग्न आम कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।