२६ श्रावण २०८३, मंगलवार
,
Latest
अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन



अ+ अ-

काठमाडौं : सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गर्दै समितिको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन निर्देशन दिनुभएको छ।

छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमन स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कानुन र विधिको पूर्ण पालना गर्दै तथ्यमा आधारित अनुगमन गर्न आग्रह गर्नुभयो।

सरकारलाई सुझाव तथा सल्लाह दिँदा समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक, व्यावहारिक र कार्यान्वयनयोग्य सुझाव दिनुपर्ने उहाँको भनाइ थियो।

सभामुख अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्दै समयमै टुंगोमा पुर्‍याउन आग्रह गर्नुभयो। साथै, विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित प्रतिनिधिसभामा पेश गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न र थप सक्षम बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। समितिहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका उपायबारे सभापति तथा सचिवहरूले पनि आफ्ना सुझाव प्रस्तुत गरेका थिए।