१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार प्रतिवादी पक्राउ



अ+ अ-

पर्सा। प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको फैसला कार्यन्वयन टोलीले विशेष सूचनाका आधारमा पर्सा पोखरिया नगरपालिका-२ लमरिया बस्ने २३ वर्षीय सदाम अन्सारीलाई आज लमरिया सडकखण्डबाट नियन्त्रणमा लिइ जिल्ला अदालतमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अन्सारीलाई पर्सा जिल्ला अदालतको २०७८ साल चैत २९ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद तोकेको जानकारी दिनुभयो । रासस