१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा



अ+ अ-

काठमाडौँ। पेसएक्स स्पोर्ट्सको आयोजनामा जारी ३२ टोली सहभागी राष्ट्रिय अन्तर-क्लब फुटसल प्रतियोगिताको समूह चरणका अधिकांश खेलहरू सम्पन्न भएका छन्।

साउन १५ गतेदेखि सुरु भएको तीन दिने प्रतियोगितामा समूह ‘ए’ बाट नोभेल फुटबल एकेडेमीले आफ्नो शतप्रतिशत नतिजा कायमै राख्दै नकआउट चरणमा स्थान पक्का गरेको छ।

नोभेलले समूह चरणका ३ वटै खेल जित्दै ९ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थान ओगटेको हो। यसै समूहबाट सेकाहा एफसी ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै, पिसिपिएस ३ अङ्कसहित तेस्रो र जि एण्ड ए एकेडेमी १ अङ्कसहित चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

समूह ‘बी’ बाट हिमालयन एफसी ३ खेलमा २ जित र १ बराबरीसहित ७ अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भयो। डाइनोमिक एफसी ४ अङ्कसहित दोस्रो र मात्र चिल एफसी ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा अल्फा सेभेन भने अङ्कविहीन बन्दै बाहिरियो।

समूह ‘सी’ मा होराक एफसी ३ खेलबाट ५ अङ्क बटुल्दै समूह विजेताका रूपमा अघि बढेको छ भने ४ अङ्क जोडेको मेन्टेन एफसी दोस्रो स्थानमा रह्यो। यस समूहका बौद्ध एफसी र युनिक युथ क्लब भने क्रमशः तेस्रो र चौथो स्थानमा सीमित भए।

यसैगरी, समूह ‘डी’ मा वि प्ले र कुपन एफसीले समान ३-३ अङ्क जोडेका छन् भने स्ट्यान्डर्ड एफसी र लामा एफसी अङ्कविहीन रहे।

समूह ‘ई’ मा मोलाम एफसी र रोयल नेपालले समान ४-४ अङ्क जोड्दै समूहमा बलियो पकड बनाएका छन्। फोरएस ब्वाइज चालनाखेल र टिटिजी एफसीले भने १-१ अङ्कमा चित्त बुझाए।

समूह ‘एच’ मा एभरेष्ट एफसीले आफ्ना दुवै खेल जित्दै ६ अङ्कसहित समूहको शीर्ष स्थान कब्जा गर्‍यो। काठमाडौँ फुजी एकेडेमी, भकुण्डो टोली एफसी र करुणा एफसी भने प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ का पेसएक्स, एफसी मनकामना, बिएमजे, ठमेल ११ तथा समूह ‘जी’ का चन्द्रागिरी विकास मञ्च, डिफ स्क्वाड एफसी, नवदुर्गा युवा क्लब र क्राकेन एफसीबीचका रोमाञ्चक खेलहरू भोलि (शनिबार) हुने आयोजकले जनाएको छ।

विजेताले १ लाख ११ हजार पाउने
साउन १७ (अगस्ट २) सम्म चल्ने यस प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी उपविजेताले रु ५१ हजार १११ र तेस्रो हुने टोलीले रु २१ हजार १११ प्राप्त गर्नेछन्।

विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

खेलकुदको भविष्य रूपान्तरण गर्ने पेसएक्सको लक्ष्य
नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको पेसएक्स स्पोर्ट्सले आगामी दिनमा फुटसलका अतिरिक्त अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्ने लक्ष्य राखेको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्णले पेसएक्स स्पोर्ट्स नेपालको पहिलो पूर्ण स्तरीय खेलकुद प्रशिक्षण तथा व्यवस्थापन कम्पनी भएको बताइन्।

“नेपालमा खेलकुदको अपार सम्भावना छ, तर ग्रासरुट तहमा गुणस्तरीय प्रशिक्षण र दीर्घकालीन दिगोपनको कमी छ,” अध्यक्ष कर्णले भनिन्, “ती चुनौतीलाई सम्बोधन गर्दै नेपाली खेलकुदको भविष्य रूपान्तरण गर्न हामी अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय लगावलाई जोडेर अघि बढेका छौँ।”

उनका अनुसार पेसएक्स केवल एउटा प्रशिक्षण केन्द्र मात्र नभई खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुद निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा स्थापित हुनेछ।

प्रतियोगिताको औपचारिक उद्घाटन अध्यक्ष संगीता कर्ण, मानव संसाधन निर्देशक कुन्दन कर्ण, तथा कार्यकारी निर्देशक डा. रेशव दास लगायतका अतिथिहरूले संयुक्त रूपमा गरेका थिए।