७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित

थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित
अ+ अ-

बैङ्कक। गत वर्षको झडपपछि थाइल्याण्डसँगको सीमामा २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित अवस्थामा रहेको संयुक्त राष्ट्रसङ्घका एक विशेषज्ञले शुक्रबार बताउनुभएको छ।

उहाँले दुवै पक्षलाई यो सङ्कट समाधान गर्न आग्रह गर्नुभएको छ । लामो समयदेखि चलिरहेको सीमा विवाद जुलाई र डिसेम्बरमा लडाइँमा परिणत भएको थियो, जसमा दर्जनौं मानिस मारिएका थिए।

उनीहरूले डिसेम्बरमा युद्धविराम सम्झौता गरेका थिए, तर उनीहरूले एकअर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन्।

“यस्तो द्वन्द्वमा विस्थापित भएका व्यक्तिहरूलाई घर फर्कन पाउने अधिकार छ र यो अन्तर्राष्ट्रिय कानून स्पष्ट छ,” कम्बोडियामा मानव अधिकारसम्बन्धी नव नियुक्त संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्रयुजले एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो ।

सीमा भ्रमणपछि जारी वक्तव्यमा एन्ड्रयुजले सन् २०२५ को अन्त्यसम्म छ लाख ५० हजार कम्बोडियाली नागरिक विस्थापित भएको र अझै २० हजार जना विस्थापित रहेको बताउनुभयो ।

केही सहर र गाउँहरू अहिले थाइ सैनिकहरूको कब्जामा रहेको, काँडेतार र अवरोधहरूले मानिसहरूलाई घर फर्कनबाट रोकेको उहाँले बताउनुभयो ।
“मैले भग्नावशेष बीचमा बम र गोलीका छेद भएका घरहरू देखेँ”, उहाँले भन्नुभयो, “यो सङ्कटलाई सकेसम्म चाँडो समाधान गर्नुपर्छ किनकि यसमा मानव पीडा संलग्न छ।”

बैङ्ककले आफूले केवल कम्बोडियालीहरूले कब्जा गरेको थाइ भूमिलाई फिर्ता लिएको दाबी गरेको छ ।

–अझै ठगी जारी–

एन्ड्रयुजले शुक्रबार कम्बोडियाको आफ्नो पहिलो आधिकारिक भ्रमण सम्पन्न गर्नुभएको छ, जहाँ उहाँले ठगी केन्द्रहरूमा काम गर्न तस्करी गरिएका पीडितहरू र राजनीतिक अधिकारमा व्यापक प्रतिबन्धबारे पनि चिन्ता व्यक्त गर्नुभयो ।

कम्बोडिया तथाकथित मनोरञ्जन र क्रिप्टोकरेन्सी लगानी योजना सञ्चालन गर्ने अपराधी समूहहरूको केन्द्र बनेको छ, जसमा ठगहरूले विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूलाई धोका दिन्छन्।

एन्ड्रयुजले ६०० भन्दा बढी ठगी केन्द्रहरूमा छापा मारिएको र हजारौँ व्यक्ति पक्राउ परेको बताउनुभयो । तर ‘ठगी जारी छ,” जुन सहर र शहरबाट ग्रामीण क्षेत्रमा फैलिरहेको छ ।

ठगी केन्द्रहरूमा काम गर्न तस्करी गरिएका व्यक्तिहरूको भाग्य अस्पष्ट रहेको उहाँले टेलिफोन अन्तर्वार्तामा बताउनुभयो ।

उहाँले पैसा वा पासपोर्टबिना सडकमा बसिरहेका हजारौँ मानिसहरूबारे रिपोर्ट सुनेको बताउनुभयो तर अधिकारीहरूले उहाँलाई पीडित र अपराधी छुट्याउन ‘जाँच प्रक्रिया’ चलिरहेको आश्वासन दिएको बताए, यद्यपि यसमा ‘क्षमताको समस्या’ रहेको छ।

एन्ड्रयुजले कम्बोडियाका नेताहरूलाई ठगी केन्द्रहरूमा संलग्न सबै व्यक्ति, उच्च पदस्थ अधिकारीसहित, न्यायको सामना गर्न सुनिश्चित गर्न दबाब दिएको बताउनुभयो ।

“मैले सबैका लागि जवाफदेहिताको महत्त्वलाई जोड दिएँ, केवल तल्लो तहका मात्र होइन, माथिल्लो तहका पनि,” उहाँले भन्नुभयो । (रासस/एएफपी)