१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम



अ+ अ-

लन्डन। निजी लगानीकर्ताहरूलाई प्रतियोगिताहरूमा सेयर बेच्ने विवादास्पद योजना सार्वजनिक गरेपछि फिफा नेतृत्वका लागि जियानी इन्फान्टिनो ‘गलत व्यक्ति’ भएको बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले शुक्रबार बताउनुभएको छ ।

विश्वव्यापी विरोध बढ्दै गएको अवस्थामा बर्नहमले यस विषयमा फेरि बोल्दै उक्त योजनालाई ‘अत्यन्त निन्दनीय सुझाव’ भन्नुभएको छ ।

“यस्तो विचार नै अगाडि ल्याउन सकिन्छ भन्ने कुराले नै मेरो दृष्टिकोणमा उहाँ (इन्फान्टिनो) सङ्गठनको नेतृत्वका लागि गलत व्यक्ति हुनुहुन्छ,” बर्नमले थप्नुभयो ।

बर्नहमका यी कडा शब्दहरू यस हप्ताको सुरुतिर इन्फान्टिनोका प्रस्तावहरूप्रति उहाँको प्रारम्भिक बलियो प्रतिक्रियापछि आएका हुन् ।“फुटबल लगानीकर्ताहरूको होइन,” एभर्टन समर्थक बर्नहमले मंगलबार ट्विट गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “यो त्यस्ता मानिसहरूको हो जो हरेक हप्ता, पानी होस् वा घाम, तयारी गर्छन् र खेल मैदानमा उभिन्छन्। यस्तो निश्वार्थ मनोरन्जनात्मक विधाका प्रतियोगिताहरूमा सेयर बेच्ने विवादास्पद योजना ल्याउनु गलत हो।”  (रासस/एएफपी)