८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

वाग्मती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि

वाग्मती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि
फाइल फाेटाे
अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए ।

वाग्मती सफाइ महाअभियानको ६१०औँ हप्तामा वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधिको सक्रियतामा सफाइ गरिएको थियो । स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, कामनपा वातावरण विभाग टेकु, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालसहित वाग्मती सफाइ अभियानकर्मी पनि सफाइमा सक्रिय भएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । त्यस क्षेत्रको वाग्मती किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको पनि उहाँले सुनाउनुभयो । कामनपा वातावरण विभाग टेकुको ट्रकमा उठाइएको सबै फोहर व्यवस्थापन गरिएको थियो ।

कामनपा वडा न ९ र ८ संयुक्त पहलमा आजदेखि महानगरीय प्रहरी बलका प्रहरी नायब उपरीक्षक शिव पौडेलको नेतृत्वमा २० जनाले तिलगङ्गा वाग्मती पुलबाट प्रयागघाटसम्म दायाँबायाँ किनारमा सरसफाइ एव बिरुवा गोडमेल गर्ने गरी कार्यक्रम बनाइएको अभियानकर्मी शाहीले बताउनुभयो । गत शनिबार वडा नं ८ का अध्यक्ष आशामान सँगतको नेतृत्वमा पशुपति क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार नियमित रूपमा वाग्मती किनारमा हुने गरेको छ । रासस