४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘एक्टरः टेक वन’को ट्रेलर

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘एक्टरः टेक वन’को ट्रेलर
अ+ अ-

काठमाडौं । सार्वजनिक भएको दुई दिनमा नेपाली चलचित्र  ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ । गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ ६ गते यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ ।

सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन् । राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ ।

यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला जस्ता कलाकारहरूको अभिनयले चलचित्रलाई थप आकर्षक बनाएको छ । अभिनेता प्रदिप खड्काको नयाँ चलचित्रको प्रतीक्षामा रहेका दर्शकमा यसको ट्रेलरले उत्साहको लहर छाएको छ । दर्शकहरूले यसलाई हेरेपछि उनीहरूको उत्सुकता अझ बढेको प्रतिक्रिया दिएका छन् । खड्कालाई नेपाली चलचित्र क्षेत्रको प्रतिभाशाली र सुपरस्टार अभिनेता मान्दै आएका दर्शकहरूले उनको बहुमुखी प्रतिभा र दमदार अभिनयको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा दर्शकहरूले यो चलचित्र निश्चय नै हिट हुने बताएका छन् । ट्रेलरले दर्शकहरूलाई यति प्रभावित पारेको छ कि उनीहरू यो चलचित्र अद्भुत हुनेमा पूर्ण विश्वस्त छन् । खड्काको अभिनय कौशलको प्रशंसा गर्दै दर्शकहरूले उनलाई ‘अभिनयको राजा’को उपमा समेत दिएका छन् ।

चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् । चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।

सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।