१४ आश्विन २०८१, सोमबार
,
Latest
बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिधा कुरा प्रकरण : कता बहकियो आदेश ?



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ ले प्रसारण गरेको ‘डार्क फाइल’ सम्बन्धी अडियो सामग्री ‘फेक’ भएको ठहर गरेको छ । सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना भएको भन्दै उत्पादक तथा प्रसारकहरूलाई आइतबार कैद सजाय सुनाएको हो ।

सिधाकुराले ‘स्टिङ अपरेसन’ भन्दै तयार गरेको नक्कली अडियोमा न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरिएको थियो । अदालतले यो अडियो फेक भएको ठहर गरेको छ । अदालतले आफ्नो आदेशमा प्रयोगशाला परीक्षणमा समेत फेक प्रमाणित भएको दाबी गरेको छ । फेक अडियो बनाउने राजकुमार तिमिल्सिनालाई ६ महिना कैद र त्यो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय सुनाएको हो । त्यस्तै, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार जरिवाना हुने पनि फैसलामा उल्लेख छ ।

अदालतले आफूसमेत जोडिएको प्रकरणलाई फेक घोषणा गरेपछि यसले आमसञ्चारमाध्यमका अधिकारमा भने कटौती गरेको छ । अदालतको फैसला कार्यान्वयन गरेर स्वीकार गर्नुपर्छ तर विमतीसहितका टिप्पणी भने गर्न पाइन्छ । अहिले यो फैसलालाई लिएर धेरै खालका टिप्पणीहरु भइरहेका छन् ।

कानुन कार्यान्वयन गर्नुभन्दा पहिले जुनसुकै विषयमा पनि उठेका सवालमा प्रमाण पेश गर्नको लागि पक्ष र विपक्ष दुवैलाई दिनुपर्ने समय दिने मात्र होइन, आवश्यक सहयोग पनि गर्नुपर्छ । यति गम्भीर विषयमा प्रश्न उठेपछि पक्ष विपक्षीको मोबाइलको कल डिटेल हेर्नुपर्ने थियो । तर त्यो नहरी अदालतले प्रहरीको प्रतिवेदनलाई आधार मानेर मात्र फैसला गरेको छ ।

अडियो रिपोर्टको टेक्निकल एनालाइसिस गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएको थियो । तर सीआईबीले टेक्निकल जाँच नै नगरी विपक्षीहरुलाई बोलाएर केरकार गर्दै प्रतिवेदन बुझाएको थियो । आरोप लागेका व्यक्तिहरुको पोलिग्राम टेस्टसमेत गरिएको छैन । जबकी यसबारे अदालतमा पटकपटक माग भएको थियो ।

अहिलेको एक्काइसौँ शताब्दीमा हरेक चिज पत्ता लगाउन विज्ञान प्रविधिले मेसिनहरूको आविष्कार गरेको छ । यस सवालमा पनि पोलिग्राफ टेस्ट तथा अडियोको इन्टरनेसनल ल्याब टेस्ट गरी अनुसन्धान गर्न माग गर्दा समेत बेवास्ता भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहितको बृहत् पूर्ण इजलासले गरेको फैसलाअनुसार तीन जना व्यक्ति जेल चलान भइसकेका छन् ।

काल्पनिक सामग्री उत्पादन गरी प्रसारण गर्न दिएको कसुरमा तिमिल्सिनालाई ‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिना कैद सजाय हुने’ बृहत् पूर्ण इजलासको फैसला छ । मुद्दाको कारबाहीको प्रक्रियामा ‘निजमा कुनै पश्चातापबोध र क्षमायाचनाको भावसमेत नदेखिएको हुँदा ठहरेको कैदको सजाय थुनामा नै राखी कार्यान्वयन गर्नू’ भनी सर्वोच्चले तिमिल्सिनालाई कैद माफी नहुने निर्णयसमेत सुनाएको छ ।

कँडेल र ढुंगानाका हकमा भने ‘नि:सर्त क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोर्‍याउने लिखित प्रतिबद्धता व्यक्त गरेमा’ उनीहरूलाई ७ दिन थुनामा राखी बाँकी कैद मिनाहा गर्नू भनी सर्वोच्चले आदेश गरेको छ । यसरी अदालतले आमसञ्चारमाध्यमलाई अघोषित रुपमा बाँध्ने काम गरेको छ ।

त्यति मात्र नभएर आमसञ्चारमाध्यमलाई आफ्नो स्रोत खुलाउन बाध्य बनाउन पाइँदैन । तर अदालतले डार्क फाइलको स्रोतसमेत खोल्न बाध्य बनाएको थियो । यसले सञ्चारमाध्यममाथि अंकुश लगाएको छ ।

‘फेक अडियो’ लाई ढुंगाना र कँडेलले ‘सत्यापन परीक्षण गर्नुपर्ने आमसञ्चारमा संलग्न जोसुकै व्यक्तिले अनिवार्य रूपमा गर्नुपर्ने न्यूनतम प्रक्रियासमेत पूरा नगरी आफ्नो सञ्चारमाध्यममा पटकपटक उक्त सामग्री प्रकाशन गरी अदालतप्रति भ्रम फैलाउने र अनास्था पैदा गर्ने कार्य गरेको,’ सर्वोच्चको ठहर छ । यस्तो कामलाई ‘केबल लापरबाही वा हेलचेक््रयाइँ मात्र मान्न सकिने स्थिति’ नभएको र प्रसारित सामग्रीले न्यायाधीश र अदालतका बारेमा अफवाह फैलाएको फैसलामा उल्लेख छ ।

अदालतले अवहेलना सम्बन्धमा नयाँ सिद्धान्त पनि प्रतिपादन गरेको छ– ‘अदालतको मुद्दामा मनसाय महत्वपूर्ण हुँदैन र मनसाय नभएको जिकिरले अवहेलनाजन्य कार्यको दायित्वबाट उन्मुक्ति पाउने अवस्था हुँदैन ।’ त्यस्तै, सत्यतथ्य सामग्रीको प्रसारण र प्रकाशन गरेसम्म प्रेस स्वतन्त्रता र अदालतको अवहेलनाबीचको सीमा कायम रहने पनि फैसलामा उल्लेख छ ।

‘सिधाकुरा’ मा प्रसारित सामग्री ‘पूर्णत: काल्पनिक’ र ‘झूटा’ भएकाले अवहेलनाजन्य रहेको अदालतको ठहर छ । अदालतको अवहेलनाको कार्यविधि अदालत आफैंले तोक्दै आएको छ । यो मुद्दामा पनि त्यसै गरिएको र यसबाट स्वच्छ सुनुवाइको सिद्धान्तलाई ननाघिएको अदालतले भनेको छ । तल्लो अदालतमा प्रतिवादीहरूविरुद्ध चलेको फौजदारी मुद्दा अलग प्रकृतिको भएकाले दोहोरो खतराको सिद्धान्त आकर्षित नहुने भन्दै उनीहरूलाई अवहेलनाको मुद्दामा दोषी ठहर गरी सजाय गरिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

अदालतले अहिले गरेको यो फैसलाको दीर्घकालीन असर पर्ने छ । स्वतन्त्र प्रेसलाई संविधानले स्वीकार गरेको छ । तर अदालतलको यो फैसलापछि प्रेसमाथि अंकुश लागेको छ ।