१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण संस्था हस्तान्तरणको विषय होइन: महान्यायाधिवक्ता

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण संस्था हस्तान्तरणको विषय होइन: महान्यायाधिवक्ता
अ अ+ अ-

काठमाडौँ। महान्यायाधीवक्ता रमेश बडालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ का सम्बन्धमा निष्कर्षमा पुग्नुअघि हाल सञ्चालनमा रहेको अस्पतालको हैसियत, सम्पति र कर्मचारी व्यवस्थापनलगायतका विषयमा स्पष्ट हुन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथिको छलफलमा उठेको प्रश्नमा उहाँले अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण कार्य कानुनबमोजिम अघि बढाउन सकिने तर्क गरेका छन् ।

छलफलमा खासगरी कानुन बनाएर गैरसरकारी संस्थालाई खारेज गर्न मिल्छ वा मिल्दैन ? संसद्ले कानुन बनाएर गैरसरकारी संस्था विघटन हुँदाका बखत त्यो सम्पतिलाई नयाँ स्थापित हुने निकाएको हुने भनी घोषणा गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न उठेका थिए ।

समितिले संविधान र प्रचलित कानुनले सार्वजनिक निकायमा कर्मचारी नियुक्तिका सन्दर्भमा लोक सेवा आयोगको संलग्नता, विधि र प्रक्रिया पूरा गर्नुपर्ने अवस्थामा एउटा गैरसरकारी संस्थाका कर्मचारी सार्वजनिक निकायमा आउन सक्छन् कि सक्दैनन् भन्नेसहित छ वटा प्रश्न महान्यायाधीवक्तालाई सोधेको थियो ।

गैरसरकारी संस्था हस्तान्तरण नभई विश्वविद्यालयमा रूपान्तरण गर्न लागेकाले कानुन बनाएर अघि बढाउन सकिने भए पनि श्रम ऐनअनुसार श्रमिकको अधिकार र सुविधा भने सुनिश्चित हुन आवश्यक रहेको बडालको भनाइ थियो ।

अस्पताललाई सरकारी र निजी अवधारणका आधारमा अघि बढाउन र कर्मचारीहितका विषयलाई गम्भीरताका साथ लिन उपयुक्त हुने समितिलाई सुझाव प्राप्त भएको छ ।

आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालयमा रूपान्तरण गरिनु उपयुक्त हुने समिति सदस्यहरूको भनाइ थियो । उहाँहरूले आँखा शरीरको महत्वपूर्ण तथा संवेदनशील अङ्ग भएकाले यसको अध्ययन, अध्यापन, अनुसन्धानका लागि विश्वविद्यालय निर्माणको विषय सकारात्मक रहेकाले विधेयकलाई परिस्कृत गरी यथाशीघ्र निष्कर्षमा पुर्या उनुपर्नेमा जोड दिए।

बैठकमा समिति सदस्य नारायणकाजी श्रेष्ठले विश्वविद्यालयका रूपमा अघि बढाउँदा कानुन निर्माणभन्दा अघि मर्ज हुने भनिएका संस्थाको नाममा रहेका जग्गा प्राप्तिको सुनिश्चिता र आवश्यक पर्ने जमिन यकिन हुनुपर्नेमा जोड दिए ।

सरकारले चिकित्सा शिक्षातर्फ उच्च शिक्षामा नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान र गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आँखा स्वास्थ्य सेवाको सहज पुहँच वृद्धि गर्नेलगायत उद्देश्य राखेर विश्वविद्यालय स्थापनासम्बन्धी अवधारणासहित विधेयक ल्याएको हो ।