२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सुनिल शर्माको घोषणा बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका र जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्पडेस्क राख्न निर्देशन राप्रपाका ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तभित्र सबै जिल्ला सक्ने तयारी बुवाको निःस्वार्थ प्रेमलाई गीतमा उतारियो, ‘बाबा पनि आमै हुन्’ नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीसँग गरे छलफल नीतिगत अस्थिरता र कानुनी जटिलता आर्थिक विकासका प्रमुख बाधक : सीएनआई अध्यक्ष पाण्डे भोटेकोशी बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्षसम्म कर छुट दिन महासंघको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट



अ+ अ-

नुवाकोट। नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा लामो दुरीको दौडतर्फ पुरुषमा अर्जुन बुढा र महिलामा विमला तामाङ विजयी हुनुभएकी छन् ।

प्रतियोगितामा १३ दशमलव पाँच किलोमिटर दुरीको खुला महिलातर्फ १ घण्टा १३ मिनेट ३० सेकेण्डमा पूरा गर्दै तामाङ प्रथम हुनुभयो । उक्त दुरी १ घण्टा १३ मिनेट ४३ सेकेण्डमा पूरागर्दै नेपाल प्रहरीको निमा लाक्पा शेर्पा दोश्रो र एकघण्टा १३ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै रोल्पाकी आश्मा विश्वकर्मा तेस्रो भएकी छन् ।

१३ दशमलव पाँच किमी खुला पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढा ५३ मिनेट २६ सेकेण्डमा पूरा गर्दै पहिलो भएका छन् । सोही दुरी ५३ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै सोही क्लबका टङ्क कार्की दोस्रो र ५७ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै ललितपुरका प्रविण लिम्बू तेस्रो  भएका छन्।

स्थानीय पुरुषमा बिमल थापा मगरले एक घण्टा ४ मिनेटमा निर्धारित १३ दशमलव पाँच किमी पार गर्दै प्रथम भएका छन् । उक्त दुरीअन्तर्गत ४५ वर्षमाथिका पुरुष भेट्रान प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकबाट सहभागी रेवत दाहाल एक घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम भएका छन्।

प्रतियोगिताअन्तर्गत चार दशमलव पाँच किमी खुला जुनियर छात्रतर्फ काठमाडौँका नवराज बानियाँ र छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका आयुश्मा आचार्य प्रथम भएका छन् । सोही दुरीमा स्थानीय विद्यालयतका विद्यार्थीको प्रतिस्पर्धामा छात्रतर्फ महादेव माविका गोकुल कुँवर र छात्रातर्फ इन्द्रेश्वर आधारभूत विद्यालयका सकिना तामाङले प्रथम स्थान हासिल गरेका छन् ।

चार दशमलव पाँच किमी दुरीको दौड प्रतियोगितामा आमा समूहको तर्फबाट सनिता श्रेष्ठ र सोही दुरीमा ४५ वर्षमाथीका स्थानीय हजुरबा र बा समूहको तर्फबाट चन्द्रमान श्रेष्ठ प्रथम भएका छन् ।