२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै



अ+ अ-

काठमाडाैँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको हो ।
प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ । टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डा बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा हरिकुमार श्रेष्ठ र डा श्रीराम खड्का रहनुभएको छ ।
टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ । टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइने मन्त्रालयले जनाएको छ ।




भर्खरै